आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ : मोहन बस्नेत « Khabarhub

आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ : मोहन बस्नेत


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेशा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका हुन् ।

अहिलेको व्यवस्थामा आफूहरूको माग पुरा गराउन यसअघि विद्यालय नै बन्द गरेको भन्दै त्यसले पठनपाठनमा असर परेको उनले बताए । मन्त्री बस्नेतले आजीवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे ।

शिक्षकहरुको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा धेरै काम भएपनि चिकित्सा क्षेत्रको पढाई भने सहज नभएको बताए । यसलाई सहज गर्न चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको उनले बताए ।

उनले नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्ने उल्लेख गरे । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : १० बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ