तीन जना ब्याटरले अर्धशतक बनाएपछि क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयी « Khabarhub

तीन जना ब्याटरले अर्धशतक बनाएपछि क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयी


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी यू १९ टिमका कप्तान देव खनालले ७६ रन जोडे । ८१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, अनिल साहले ५० रनको अर्धशतकीय पारी खेल्दा भीम सार्कीले २३ रन बनाए । क्यानाडाका ईश्वरजोत सोही र हर्ष ठाकेरले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै क्यानाडाले २ सय ८५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य पाएको हो ।

क्यानाडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । त्यसैगरी नवनित धलिवालले ४६, श्रेयस मोभ्भाले ४० रन जोडे । परगत सिंहले ३८ रन बनाए ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक(एक विकेट लिए ।

यससँगै नेपालले तीन खेलको सिरिज एक खेल खेल्नुअघि नै जितेको छ । पहिले खेलमा नेपाल ७ रनले विजयी भएको थियो । नेपालले क्यानाडाविरुद्धको तेस्रो खेल सोमबार टीयू मैदानमा खेल्नेछ ।

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ३४ बजे

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं– लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि,

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव