गौरीगञ्जको महेन्द्रनगर बसपार्कको निर्माण कार्य सुरु « Khabarhub

गौरीगञ्जको महेन्द्रनगर बसपार्कको निर्माण कार्य सुरु


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ । 

बजारको दक्षिणतर्फ करिब १५ कट्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’मार्फत रु ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले जनाएको छ । करिब रु आठ करोडको लागतमा निर्माण हुने बसपार्कको डिपिआरअनुसार पहिलो चरणमा बसपार्कको काउन्टरको भवनको गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिलान्यास गरे ।

जिल्लाकै पुरानो बजार मानिने गौरीगञ्ज बजारमा वर्षौँदेखि आधुनिक बसपार्कको आवश्यकता पूरा हुन सकेको थिएन । स्थानीय स्रोतसाधन र प्रदेश तथा केन्द्रको बजेटबाट प्रारम्भिक कार्यमा डीपीआर बनेको थियो । विसं २०१८ तिर तत्कालीन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिँदै आएको र सोही स्थानमा बसपार्क निर्माण सुरु गरिएको अध्यक्ष राजवंशीले बताए ।

टहरा, शौचालयसहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने वडा नं ६ का वडाध्यक्ष बद्रीनारायण यादवले बताए। गौरीगञ्जबाट दैनिकरूपमा काठमाडौँलगायत पूर्वका विभिन्न स्थानमा पुग्ने लामो तथा छोटो दूरीमा सञ्चालन हुँदै आएका बस व्यवस्थित बसपार्क नहुँदा सडक किनारमा पार्किङ गर्न बाध्यता रहेको वडाध्यक्ष यादवले बताए।

स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगञ्जसमेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोन्नति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगञ्ज यो प्रदेशकै प्रमुख नाकाका रुपमा स्थापित हुने विश्वास गरिएको अध्यक्ष राजवंशीले बताए । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ५६ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।