विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको उपस्थिति बढ्दो « Khabarhub

विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको उपस्थिति बढ्दो


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विज्ञहरुले विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सङ्ख्या बढ्दै गए पनि नीति निर्माण र नेतृत्व तहमा उनीहरुको उपस्थिति न्यून रहेको धारणा राखेका छन् ।

‘विज्ञानमा महिला र किशोरीसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज यहाँ आयोजित गोष्ठीमा बोल्दै विज्ञहरूले राज्यको समावेशी नीति र महिला शिक्षाको पक्षमा बढ्दो जनचेतनाका कारण यस क्षेत्रमा महिलाहरुको सङ्ख्या बढ्दो रहेको बताए ।

सेन्टर फर नेचुरल एण्ड अप्लाइड साइन्स र गणित विज्ञानमा नेपाली महिला (ओनिम्स)द्वारा संयुक्तरूपमा आयोजित उक्त कार्यक्रममा विज्ञहरूले विगतमा पुरुष बाहुल्य रहेको विज्ञान प्रविधि, इन्जिनियरिङ र गणितजस्ता विषयमा सङ्ख्या बढेको तर अझै पनि नीति निर्माण र नेतृत्वदायी भूमिकामा भने उल्लेख्य सङ्ख्यामा नभएको बताए ।

त्यस अवसरमा कार्यपत्र प्रस्तुत गर्दै सेन्टर फर नेचुरल एण्ड अप्लाइड साइन्सकी निर्देशक डा बविता थापाले प्राविधिक क्षेत्रमा महिलालाई नेतृत्व दिने विषयमा नेपालको अवस्था दक्षिण पूर्वी एसियामै कमजोर रहेको बताइन् । “स्थानीय तहदेखि सङ्घीय संसद्सम्म राजनीतिक पदहरू, निजामती सेवाको उच्चस्तर र विज्ञान प्रविधिको क्षेत्रमा महिलाको सङ्ख्या दुई प्रतिशतभन्दा कम छ”, उनले भनिन्।

दुई दशकअघिसम्म पुरुषको बाहुल्यता रहेको विज्ञान प्रविधि क्षेत्रमा पेसागत कार्य गर्ने महिलाको सङ्ख्या अहिले बढ्दो रहेको उनको भनाइ थियो ।

“महिलाहरूले घरपरिवार र बालबच्चाको स्याहार गरेर पनि विज्ञान प्रविधिमा ठूला–ठूला योग्यता हासिल गरेका छन्, तर जिम्मेवारी दिने बेलामा महिलालाई पन्छाएर राख्ने प्रवृत्ति छ”, उनले भनिन् ।

“संविधान र कानुनले स्थानीय निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनैपर्ने व्यवस्था गरेपछि अधिकांश पालिकामा महिलालाई उपप्रमुख मात्र दिइयो र वडाध्यक्षमा पनि दुई प्रतिशतभन्दा कममात्र महिला प्रतिनिधित्व गराइयो”, उनले भनिन् ।

सूचना प्रविधिविज्ञ एवं इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन प्राध्यापक तिमिला यमी थापाले सन् १९६० को दशकमा आफूले इन्जिनियरिङ पढ्दा नेपाली महिलाको उच्च शिक्षामा निकै कमजोर स्थिति रहेको स्मरण गर्दै अहिले धेरै सुधार भएको बताइन् ।

“पढाइ सकिएपछि कार्यक्षेत्रमा आउँदा पनि निकै सङ्घर्ष गर्नुपरेको थियो, त्यसैले अब पनि महिला नेतृत्व स्थापित गर्ने हो भने आफ्नो क्षमता विकास र सङ्घर्ष साथसाथै गर्नुपर्छ”, उनले भनिन्।

गणितज्ञ कविता लुइँटेलले घरपरिवार र बालबच्चाको जिम्मेवारी सम्हाल्दै गणितजस्तो विषयमा पढाइ अघि बढाउनु र त्यसैमा विज्ञता हासिल गर्नु सङ्घर्षमय काम भएको बताइन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ५६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।