ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको पेसी न्यायाधीश रेग्मी र शर्माको इजलासमा

By खबरहब

March 10, 2024

काठमाडौँ– द्वन्द्वकालीन मुद्दालाई लिएर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासमा तोकिएको छ ।

प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दिएका थिए ।

यसअघि सो मुद्दामा २०७९ साल फागुन २६ गते न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाउँदै अग्राधिकार र कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले २०७६ सालको माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा हत्या भएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। सो विषयलाई लिएर अधिवक्ता आरण र बुढाथोकीले रिट दायर गरेका थिए ।