प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको पेसी न्यायाधीश रेग्मी र शर्माको इजलासमा « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको पेसी न्यायाधीश रेग्मी र शर्माको इजलासमा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– द्वन्द्वकालीन मुद्दालाई लिएर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासमा तोकिएको छ ।

प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दिएका थिए ।

यसअघि सो मुद्दामा २०७९ साल फागुन २६ गते न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाउँदै अग्राधिकार र कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले २०७६ सालको माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा हत्या भएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। सो विषयलाई लिएर अधिवक्ता आरण र बुढाथोकीले रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ०६ बजे

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको