पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा « Khabarhub

पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनकुटा– संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नगेश्वर मन्दिर आझेलमा परेको छ ।

पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजारौँ रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु÷सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो । सो शिवालय मन्दिर अहिले बेलाबखत हुने धार्मिक कार्यक्रमबाहेक अन्य समय सुनसान हुने गरेको छ ।

सोताका गुठी जमिनको हजारौँ मुरी धान तथा मकैको आम्दानीबाट यहाँका पुजारी तथा पण्डितका लागि झारु, बडारु, हटलुवा, कावारी, गाई गोठालगायतको व्यवस्थापन गरिन्थ्यो ।

पछिल्लो समय विसं २०५४ पछि यहाँका सातौँ महन्त भीमप्रसाद गिरीको देहान्तसँगै महन्त नियुक्ति हुन नसक्दा मन्दिर र गुठी अलपत्र परेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए ।

अहिले यो मन्दिरको साबिक लेगुवा गाविस हाल नगरको वडा नं ५ र ६, सङ्खुवासभा जिल्लाको आँखीभुइँ, मुलगाउँ, मुढेलगायत स्थानमा ४० देखि ५० हजार रोपनी गुठी जमिन रहेको उनले जानकारी दिए ।

धनकुटा र भोजपुरको सिमानामा रहेको अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाबजार र यस क्षेत्रका अधिकांश गाउँ यही गुठीको जमिनमा रहेको छ ।

गुठीको जमिन भोगचलनबापत अहिले कसैले पनि आम्दानी नबुझाएकाले गुठीको जमिन व्यवस्थापन गर्न महालक्ष्मी नगरपालिका र मालपोत कार्यालय धनकुटामा पहल थालिएको उनले जानकारी दिए ।

लेगुवामा भन्दा बढी क्षेत्रफलमा रहेको सङ्खुवासभामा रहेको गुठीको जमिन व्यवस्थापनका लागि दोस्रो चरणमा काम थालिने गुठी व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए ।

सो मन्दिर तथा गुठीको उत्थान र सरक्षण हुनसके यस क्षेत्रलाई नगर र जिल्लाकै धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिने महालक्ष्मी नगर पालिका वडा नं ६ का वडाध्यक्ष शिवराज विकको भनाइ छ ।

धनकुटाको लेगुवामा मात्र १५ देखि २० हजार रोपनी गुठीको जमिनमा मोहीका रूपमा पाँच सय घरधुरीभन्दा बढी घरधुरीले बसोबास गरिरहेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायाले जानकारी दिए ।

गुठी संस्था र मालपोत कार्यालय धनकुटाको सहकार्यमा ६ महिनाभित्र तीन सय ६० घरधुरी मोहीलाई जमिन हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ४६ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा