अस्पतालको टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु  | Khabarhub Khabarhub

अस्पतालको टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु 


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

चितवन– उपचारका लागि अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो ।

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।

त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १ : ५९ बजे

‘जेन-जीले बिदा हुनु भनेका छैनन्, उनीहरूले नै ७४ वर्षकालाई प्रधानमन्त्री बनाए’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका

पहिरोले गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची– लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध