क्षयीकरण पथमा प्रचण्ड, अघिल्ला कार्यकाल भन्दा कम मत ! « Khabarhub

क्षयीकरण पथमा प्रचण्ड, अघिल्ला कार्यकाल भन्दा कम मत !



काठमाडौं – तेस्रो पटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ र चैत ६ को भन्दा कम विश्वास संसदबाट प्राप्त गर्ने देखिएको छ ।

प्रचण्डको पक्षमा हालसम्म एमाले ७७ माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २१ जनता समाजवादी पार्टी १२ र नेकपा एकीकृत समाजवादीको १० मत निश्चित छ । यसाे हुँदा प्रचण्डकाे पक्षमा जम्मा मत १५२ हुन जान्छ ।

प्रचण्डले अन्य साना दल समेट्ने प्रयास त गरेका छन् तर सफलता हात लाग्ने सम्भावना न्यून छ। हालसम्मको नतिजाले प्रचण्ड सरकारको विपक्षमा १ सय १७ मत देखिन्छ । जसमा नेपाली कांग्रेस ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उत्थान पार्टी ३, जनमत ६ र अन्य साना दलको २ मत छ । यस्तै पाँच स्वतन्त्र सांसदले पनि कसलाई साथ दिन्छन्, त्यसको स्पष्ट चित्र आएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गर्दा ०७९ चैत ६ गते पक्ष १७२ र विपक्षमा ८९ मत खसेको थियो । यस्तै दिन्नँ भन्नेमा एक मत खसेको थियो ।

प्रचण्डले पहिलो पटक ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित २६८ मत पाएका थिए । त्यो बेला  सिङ्गो हाउस नै उनको पक्षमा उभिएको थियो । दुई जनाले मात्र विपक्षमा मत हालेका थिए ।

यसो हुँदा पाँच दलीय गठबन्धनले मात्र प्रचण्डलाई विश्वासको मत दिएको अवस्थामा उनले लिएको तेस्रो पटकको विश्वासको मतमा आएको परिणाम सबैभन्दा कम हो । पहिलो पटक २६ गते पाएको मत भन्दा दोस्रो पटक ६ गते पाएको मत ९६ ले कम थियो । यस्तै दोस्रो पटक पाएको मत भन्दा तेस्रो पटक पाउने मत २० मतले कमी देखिएको  छ ।

प्रतिपक्षी कांग्रेस र नेकपा एकीकृत समाजवादीले विपक्षमा नै भए पनि पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएका थिए । तर अब यो गल्ती नदोहोर्‍याउने कांग्रेस नेताको भनाइ छ । कांगेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले भने, ‘अब पनि प्रचण्डलाई चिन्न बाँकी छ र ?’ उनी थप्छन्– यो पटक कांग्रेसले दोहोर्‍याउँदैन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । राप्रपा  सचेतक ज्ञानेन्द्र शाहीले भने, ‘धोका, घमण्ड र सत्ता लिप्सा हुन प्रचण्ड भनेर हामीले चिनिसक्यौँ । सहकार्य हुँदैन । सरकार पनि धेरै दिन टिक्दैन ।’

शनिवार सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बसेर प्रचण्डले ३० गते विश्वासको मत लिने सल्लाह गरेका छन् । यसका लागि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेतासँग छलफल गरेर निर्णय लिने प्रचण्डको तयारी छ ।

संविधानको धारा ७६ (८) मा ‘निर्वाचन अन्तिम परिणाम घोषणा वा प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त गर्नुपर्ने’ व्यवस्था छ ।

यसो हुँदा प्रचण्डले चैत २१ सम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ । सरकार गठनका लागि बहुमत सदस्य १ सय ३८ आवश्यक हुन्छ । त्यो मत प्रचण्डको पक्षमा छ । तर उनको पक्षकाे शक्ति भने निरन्तर ओरालो लागेको देखिन्छ ।

याे पनि…

चिनौं प्रचण्डको क्याबिनेटका दशथरी मन्त्री !

प्रचण्डको चक्रब्यूहमा एमाले सफल, कांग्रेसलाई धोका

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ४ : ४८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा