२१ मिनेट काटियो ‘रङ्गेली’, सोमबारदेखि शो छोटो हुने | Khabarhub Khabarhub

२१ मिनेट काटियो ‘रङ्गेली’, सोमबारदेखि शो छोटो हुने


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार रिलिज भएकाे नेपाली चलचित्र ‘रङ्गेली’ रि-एडिट गरी लम्बाइ घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईको हलमा रिलिज भएको यो चलचित्र सोमबार बिहान २ घण्टा ३० मिनेटको प्रदर्शनमा आउँदै छ ।

दर्शकको चाहनाअनुसार फिल्मको लम्बाइ घटाइएको फिल्मका निर्देशक अर्जुन सुवेदीले बताए । उनले भने ‘दर्शकको राम्रो प्रतिक्रियाका बाबजुद चलचित्र अलि लामो भएको प्रतिक्रिया पनि आइरहेको छ । फास्ट कटिङमा सम्पादन गरिएको छ भने चलचित्रलाई २१ मिनेट घटाएर २ घण्टा ३० मिनेटमा पुर्‍याएको छ ।’

पहिलो पटक पटकथा निर्देशन गरेका अर्जुनले चलचित्र हेर्दा दर्शकलाई फिल्म हेर्न बोर हुने गरेको बताए । उनले भने, ‘मैले पहिलो पटक पटकथा बनाएको छु। दर्शकले के चाहन्छन् भन्ने कुरा बुझ्ने अवसर पाएको छु। मुख्य कुरा के हो भने चलचित्र बनाउनु भन्दा चलचित्र चलाउन गाह्रो हुन्छ भन्ने बुझेको छु।’

चलचित्र ‘रंगीली’ ले रिलिजको पहिलो र दोस्रो दिन उत्साहजनक व्यापार गरेको छ । तेस्रो दिन सोमबार पनि चलचित्रको व्यापार सन्तोषजनक हुन सकेको छैन । ‘वर्ड अफ माउथ’का कारण दर्शकको संख्या बढेको देखिएको छ ।

अभिनेता दयाहाङ राईले यो चलचित्रमा यस्तै खालको भूमिका निर्वाह गर्दै फरक भूमिका पाएकोमा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रंगेली’ मा दयाहाङ राई र मिरुना मगरसँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क साउद, अर्जुन सुवेदी र सविन एकतारेको शब्द रहेको यस चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । निर्मातामा संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ छन् भने युवक कार्की र शिवशंकर चौलागाई सह निर्माता हुन् । विवेक खड्का (योलो) सह निर्माता हुन् र छायांकन सुशन प्रजापति हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : २३ बजे

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन