राष्ट्रियसभामा आज उपाध्यक्षका लागि निर्वाचन हुँदै « Khabarhub

राष्ट्रियसभामा आज उपाध्यक्षका लागि निर्वाचन हुँदै


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन हुनेछ ।

जसका लागि राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले ‘बिष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

यस्तै, सांसद भगवती न्यौपानेले ‘विमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसपछि बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

जुन प्रस्ताव बहुमतले पारित हुन्छ सोही प्रस्तावका उम्मेदवार विजयी हुनेछन् । राष्ट्रियसभामा हाल ५८ जना सांसद छन् । एकजना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

राष्ट्रियसभा सदस्यमा पुडासैनी नेपाली कांग्रेसबाट र घिमिरे सत्ता गठबन्धनमा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् ।

यस्तै आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले जानकारी गराउने छन् ।

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन हुनेछ ।

 

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ५९ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा