आगलागीबाट दुई करोड बढीको क्षति « Khabarhub

आगलागीबाट दुई करोड बढीको क्षति


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक गएराति आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ ।

अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्किएको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलाइसिस गराउने भवनमा फैलँदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् ।

अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले  डाइलाइसिस मेसिन कामन लाग्ने भएकाले अस्पतालको डाइलाइसिस सेवा पूर्ण बन्द भएको बताए ।

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले जानकारी दिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ३९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय