गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा « Khabarhub

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ । उक्त रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीको नियुक्तिविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

पाण्डेले दायर गरेको रिटमा मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै बदर गर्न माग गरेका छन् । मुख्यमन्त्री अधिकारीले तटस्थ व्यक्ति सभामुखलाई समेत जोडेर बहुमत पुगेको दाबी गर्नु असंवैधानिक भएको रिटमा उल्लेख छ ।

एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको अधिकारीको दाबीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ११ : ३० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय