संसदको मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गर्‍यो : महेश बर्तौला « Khabarhub

संसदको मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गर्‍यो : महेश बर्तौला


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गरेको आरोप लगाएका छन् ।

बुधबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरूलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रीक काम गरेको समेत बताए । उनले आन्दोलनका स्वरूप फेरेर सदनलाई सहज रूपमा चल्ने वातावरण बनाउन आग्रह गरे ।

बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको तर्क गरे । सरकारबाट हट्ने बितिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग राखेको भन्दै उनले यसको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

उनले सहकारी पीडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : ०३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका