गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंगण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी भएको छ । 

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । साथै इजलासले यस रिटको पूर्ण सुनवाई बैशाख १० गते गर्ने बताएको छ ।

अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ ।

यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

 

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ०७ बजे

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको

सफा हिमाल अभियान दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल

विकास प्रयासमा असफलता स्वीकार्दै प्रधानमन्त्री दाहाल, किन देखाउँदैछन्‌ २० चुनौती ?

काठमाडौं – १० वर्षे सशस्त्र संघर्ष त्याग्दै संसदीय मूलधारको बाटो

लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

सुनसरी- सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली प्रहार गरेर नियन्त्रणमा

कांग्रेसलाई रास्वपाको चुनौती : देउवा, आरजु र जयवीरको फाइल नखोली संसदीय समिति बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको व्यवहारले संसदीय