काठमाडौं– रौतहट, दाङ र सिरहामा आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको छ ।
रौतहटकाे मौलापुर नगरपालिका-२ दलित बस्ती बस्ने जगदेव राम लगायत ३ जनाको घरमा बुधबार बिहान आगलागी हुँदा ३ वटै घर पूर्णरुपमा जलेर करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दाङको बबई गाउँपालिका-५ अग्रेली बस्ने भीम बहादुर कुमालको कच्ची घरमा सोलारको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यसतै, सिरहाकाे कर्जन्हा नगरपालिका-१ रतनपुर बस्ने उद्यव श्रेष्ठको गोठघरमा बुधबार दिउँसो आगलागी हुँदा गोठघर पूर्णरूपमा जलेर करिब ७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया