चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठ जनाको मृत्यु « Khabarhub

चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठ जनाको मृत्यु


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु पुष्टि भएको सरकारी सञ्चारमाध्मले बताएको छ । 

सिन्ह्वा समाचार समितिका अनुसार पनामाको ध्वजाअन्तर्गत सञ्चालनमा रहेको एसआइटिसी दनाङ कन्टेनर जहाज अप्रिल ३ को मध्यरातलगत्तै माछा मार्ने डुङ्गासँग ठोक्किएको थियो । त्यसको असरले माछा मार्ने डुङ्गा डुबेको थियो र त्यसमा सवार आठ जना पानीमा खसेका थिए । 

बुधबार दिउँसो बेपत्ता सबै आठ जनाको शव बरामद गरिएको छ र धेरै जहाज र विमान सामेल भएको उद्धार कार्य समाप्त भएको छ । सरकारी प्रसारक सिसिटिभीले गत साता प्रकाशन गरेको तस्बिरमा दुर्घटना भएको स्थानमा एउटा उज्यालो सुन्तला रङको आपतकालीन जीवन बेडालाई समुद्री क्षेत्रमा तैरिरहेको देखाइएको थियो । यद्यपि त्यहाँ कुनै पनि व्यक्तिलाई देखिएको थिएन । 

समाचारअनुसार हेनानको सुदूर दक्षिणपश्चिमी तटमा रहेको यिङ्गेहाई सहरबाट करिब ४० किलोमिटर टाढा दुर्घटना भएको थियो । पनामाको कन्टेनर जहाजलाई हेनानको सान्या बन्दरगाहमा राखिएको छ र दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ४८ बजे

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार

काठमाडौंमा ‘तमु ल्होसार’को रौनक (तस्बिरहरू)

काठमाडौं– गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष