पाँच जिल्लामा सीडीओ हेरफेर, काठमाडौंमा जयनारायण आचार्य | Khabarhub Khabarhub

पाँच जिल्लामा सीडीओ हेरफेर, काठमाडौंमा जयनारायण आचार्य


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालय मङ्गलबार बेलुकी पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँचीमा सीडीओ हेरफेर गरिएको हो ।

मन्त्रालयले काठमाडौँकोाप्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई खटाएको छ । साविक प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई खटाएको मन्त्रालयले सहसचिव लीलाप्रसाद शर्मालाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारी तोकेको छ ।

मन्त्रालयमा कार्यरत उपसचिव रमा आचार्य सुवेदीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा प्युठान पठाइने भएको छ । त्यहाँका साविक सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा बोलाइएको छ ।

अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई पठाएको छ । अर्घाखाँचीकै सहायक प्रमुख जिल्ला अधिकारी वेदनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको छ ।

अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई मन्त्रालयमा बोलाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १० : ३९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका