उपसभामुख हटाउने तयारीबीच रविले भेटे प्रधानमन्त्री « Khabarhub

उपसभामुख हटाउने तयारीबीच रविले भेटे प्रधानमन्त्री


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मङ्गलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्‌ ।

सो पार्टीकी सांसद्‌ रहेकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले हस्ताक्षर सङ्कलन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन्‌ ।

उपसभामुख हटाउन भइरहेको प्रयासबारे लामिछानेले प्रधानमन्त्रीसँग सोधखोज गर्न लामिछाने बालुवाटार पुगेका रास्वपाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार; लामिछानेले सो बारे सोध्दा प्रधानमन्त्री ओलीले ‘बाहिर आएको हल्लाजस्तो केही भएको छैन’ भनी जवाफ दिएका थिए ।

प्रधानमन्त्रीले लामिछानेलाई दिएका जवाफ उद्धृत गर्दै ती नेताले भने, ‘बाहिर आएको हल्ला जस्तो केही पनि काम भएको छैन, तपाईं हल्लाका पछाडि नदौडिनुहोला ।’

रविले सांसदहरूको हस्ताक्षर अभियानका विषयमा पनि प्रश्न गरेका थिए। तर, प्रधानमन्त्रीले यस विषयमा कुनै कार्यहरू अगाडि नबढेको बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख हटाउने विषयमा प्रधानमन्त्रीले कुनै छलफल नगरेको जवाफ रविलाई दिएका थिए ।

प्रधानमन्त्रीले यसो भने पनि उपसभामुख मगरलाई हटाउने विषयमा सत्ता साझेदार दलहरूले मङ्गलबारबाट हस्ताक्षर अभियान सुरु नै गरिसकेका छन् । बुधबार या बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा बहुमत सांसद्‌को हस्ताक्षर पेश गर्ने योजनासहित सत्तारुढ दल अघि बढेका हुन्‌ ।

उपसभामुख सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँचजना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन् । सत्तारुढ दलहरूले यसैलाई आधार बनाएर उनलाई हटाउने तयारी गरेका हुन् ।

खासगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदमा बहुमतमा नभएका कारण उपसभामुखलाई हटाउन खोजेका हुन् ।

संवैधानिक परिषदमा बहुमतले निर्णय गरिन्छ । अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

जसमा सदस्यहहरूमध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ९ : २५ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ, चार मदिरा पसल सिल

रुपन्देही – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक