पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी | Khabarhub Khabarhub

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ९२ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा नवौँ स्थानमा झरेको छ ।

यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ०३ बजे

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३