कोशीको बजेट अधिवेशन आव्हान गर्न सिफारिस « Khabarhub

कोशीको बजेट अधिवेशन आव्हान गर्न सिफारिस


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

विराटनगर कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गरिएको छ । 

एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले तीन निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस  गरेको छ ।

त्यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ भने संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ। 

७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ । कार्यदलको सदस्यमा पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ रहेका छन् । सदस्यसचिवमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव छन् । 

मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ३५ बजे

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि

विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई