विश्वका प्रमुख बैंकले ब्याजदर घटाउन खोज्दा महँगियो सुन « Khabarhub

विश्वका प्रमुख बैंकले ब्याजदर घटाउन खोज्दा महँगियो सुन


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका प्रमुख बैंकहरूले ब्याजदर कटौती योजना ल्याउन खोज्दा साता विश्वभर नै सुनको मूल्य बढेको छ ।

बैंक अफ इङ्ग्ल्याण्ड लगायत विश्वका प्रमुख  बैंकहरूले ब्याजदर कटौती गर्न खोज्दा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन्‌ ।

बेलायतको केन्द्रीय बैंकले हालै मूल्य वृद्धिदर २ प्रतिशतको वान्छित सीमाभित्र राख्न ब्याजदर घटाउने संकेत गरेको छ । अमेरिकी फेडरल रिजर्भले पनि ब्याजदर घटाउन प्रयास गरिरहेको छ ।

बैंकहरूमा निक्षेप राख्दा अपेक्षित प्रतिफल (ब्याजदर) प्राप्त नहुने भएपछि लगानीकर्ताहरू सुन लगायत बस्तु बजारतर्फ आकर्षित हुन्छन्‌ । ब्याजदरबारे बैंकहरूले पछिल्लो समय फरक संकेत गरेपछि लगानी सुरक्षणको भरपर्दो माध्यम सुनतर्फ लगानीकर्ता केन्द्रित भएका हुन् ।

बिहीबारको तुलनामा शुक्रबार एकै दिन सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अन्तरराष्ट्रिय बजारमा बिहीबार सुनको प्रतिऔंस मूल्य २ हजार ३१४.२७ अमेरिकी डलर थियो । बेलायती बैंकले ब्याजदर बढाउने संकेत दिएपछि भोलिपल्टै अर्थात् आज शुक्रबार सुनको मूल्य २ हजार ३६८.५९ डलर पुगिसकेको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार देखि नै निरन्तर रूपमा बढेको मूल्य साताको पाँचौं दिन बिहिबार सामान्य घटे पनि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः मूल्य बढेको हो ।

साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रति १० ग्राम २ हजार १ सय ४५ रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४०६ रुपैयाँ रहेको मुल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय ८७ रुपैयाँ ५० पैसा कायम भयो ।

नेपाल सुनचाँदी व्यवसायी महास‌ंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० र तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ प्रतितोला १ हजार ७३५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : २८ बजे

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’