विश्वका प्रमुख बैंकले ब्याजदर घटाउन खोज्दा महँगियो सुन | Khabarhub Khabarhub

विश्वका प्रमुख बैंकले ब्याजदर घटाउन खोज्दा महँगियो सुन


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका प्रमुख बैंकहरूले ब्याजदर कटौती योजना ल्याउन खोज्दा साता विश्वभर नै सुनको मूल्य बढेको छ ।

बैंक अफ इङ्ग्ल्याण्ड लगायत विश्वका प्रमुख  बैंकहरूले ब्याजदर कटौती गर्न खोज्दा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन्‌ ।

बेलायतको केन्द्रीय बैंकले हालै मूल्य वृद्धिदर २ प्रतिशतको वान्छित सीमाभित्र राख्न ब्याजदर घटाउने संकेत गरेको छ । अमेरिकी फेडरल रिजर्भले पनि ब्याजदर घटाउन प्रयास गरिरहेको छ ।

बैंकहरूमा निक्षेप राख्दा अपेक्षित प्रतिफल (ब्याजदर) प्राप्त नहुने भएपछि लगानीकर्ताहरू सुन लगायत बस्तु बजारतर्फ आकर्षित हुन्छन्‌ । ब्याजदरबारे बैंकहरूले पछिल्लो समय फरक संकेत गरेपछि लगानी सुरक्षणको भरपर्दो माध्यम सुनतर्फ लगानीकर्ता केन्द्रित भएका हुन् ।

बिहीबारको तुलनामा शुक्रबार एकै दिन सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अन्तरराष्ट्रिय बजारमा बिहीबार सुनको प्रतिऔंस मूल्य २ हजार ३१४.२७ अमेरिकी डलर थियो । बेलायती बैंकले ब्याजदर बढाउने संकेत दिएपछि भोलिपल्टै अर्थात् आज शुक्रबार सुनको मूल्य २ हजार ३६८.५९ डलर पुगिसकेको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार देखि नै निरन्तर रूपमा बढेको मूल्य साताको पाँचौं दिन बिहिबार सामान्य घटे पनि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः मूल्य बढेको हो ।

साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रति १० ग्राम २ हजार १ सय ४५ रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४०६ रुपैयाँ रहेको मुल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय ८७ रुपैयाँ ५० पैसा कायम भयो ।

नेपाल सुनचाँदी व्यवसायी महास‌ंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० र तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ प्रतितोला १ हजार ७३५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : २८ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये