छोरीकाे विवाहमा एक दर्जन सुँगुर चोरी « Khabarhub

छोरीकाे विवाहमा एक दर्जन सुँगुर चोरी


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एक दर्जन सुँगुर चोरी भएको छ । गए राती अज्ञात चोर समूहले स्थानीय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एक दर्जन सुँगुर चोरी लागेका हुन् । श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गए राती मदिरा सहितको भोजको आयोजना गरिएको थियो ।

आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए । मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुई वटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताएकी छिन् । आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन् ।

चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजी कार्यमा जुटेका छन् तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन् । चोरी भएको सुँगुरको बजार मूल्य चार लाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानीय रामचन्द्र गोसाईंले बताएका छन् ।

यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिइसकेको उनले जानकारी दिएकी छिन्। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : १६ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय