गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस् « Khabarhub

गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस्


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक चल्न नदिने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा जोडिएपछि उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग यथावत रहेको उनले बताए ।

सिटौलाले शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै निर्दोष हो भने छानबिन समितिले यतिकै दोषी बनाउने होइन भन्दै प्रश्न पनि गरे ।

नेता सिटौलाले गृहमन्त्रीमाथि लागेको ठगी आरोप माफीयोग्य नभएको बताए । उनले गृहमन्त्रीका विषयमा प्रहरीले निष्पक्ष भएर छानबिन गर्नै नसक्ने भन्दै समिति आवश्यक भएको दाबी गरे ।

‘हामीले पटक-पटक कहिले प्रधानमन्त्री त कहिले सभामुखको समन्वयमा उहाँलाई भेटेका छौँ । गृहमन्त्रीसँग पनि कुरा राखेका छौँ । तपाईंले संसदीय छानिबन समिति बनाएर क्लिन चिट लिनुस् भनेका हौँ’, उनले भने, ‘ हामी सहयोग गर्न चाहन्छौँ । अर्बौँ घोटालाको कुरा छ । अर्बौँ अपचलनको कुरा छ । गृहमन्त्रीमाथि लागेको यति ठूलो आरोपमा छानबिन नगरी क्लिन चिट दिन कसरी मिल्छ ?’

सिटौलाले गृहमन्त्रीको राजीनामा पनि नमागिएको बताए । ‘अहिले त हामीले राजीनामा पनि मागेका छैनौँ । संसदीय छानबिन समिति बनाऊँ, सत्तापक्ष तपाईंहरू नै हुनहुन्छ भनेका हौँ’, उनले  भने,  ‘छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा अगाडि गृहमन्त्री नै देख्दछु । किन बनाउनु नहुने? निर्दोष हो भने छानबिन समितिले यतिकै दोषी बनाउने त होइन ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५० बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला