गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस् « Khabarhub

गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस्


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदनको बैठक चल्न नदिने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा जोडिएपछि उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग यथावत रहेको उनले बताए ।

सिटौलाले शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै निर्दोष हो भने छानबिन समितिले यतिकै दोषी बनाउने होइन भन्दै प्रश्न पनि गरे ।

नेता सिटौलाले गृहमन्त्रीमाथि लागेको ठगी आरोप माफीयोग्य नभएको बताए । उनले गृहमन्त्रीका विषयमा प्रहरीले निष्पक्ष भएर छानबिन गर्नै नसक्ने भन्दै समिति आवश्यक भएको दाबी गरे ।

‘हामीले पटक-पटक कहिले प्रधानमन्त्री त कहिले सभामुखको समन्वयमा उहाँलाई भेटेका छौँ । गृहमन्त्रीसँग पनि कुरा राखेका छौँ । तपाईंले संसदीय छानिबन समिति बनाएर क्लिन चिट लिनुस् भनेका हौँ’, उनले भने, ‘ हामी सहयोग गर्न चाहन्छौँ । अर्बौँ घोटालाको कुरा छ । अर्बौँ अपचलनको कुरा छ । गृहमन्त्रीमाथि लागेको यति ठूलो आरोपमा छानबिन नगरी क्लिन चिट दिन कसरी मिल्छ ?’

सिटौलाले गृहमन्त्रीको राजीनामा पनि नमागिएको बताए । ‘अहिले त हामीले राजीनामा पनि मागेका छैनौँ । संसदीय छानबिन समिति बनाऊँ, सत्तापक्ष तपाईंहरू नै हुनहुन्छ भनेका हौँ’, उनले  भने,  ‘छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा अगाडि गृहमन्त्री नै देख्दछु । किन बनाउनु नहुने? निर्दोष हो भने छानबिन समितिले यतिकै दोषी बनाउने त होइन ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५० बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी