सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग | Khabarhub Khabarhub

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले सहकारीको अर्बौँ रकम हिनामिनामा हुँदा लाखौँ बचतकर्ता प्रत्यक्ष प्रभावित भएकाले अविलम्ब समिति गठन हुनुपर्ने माग गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले  जानकारी दिए।

बैठकले तराई मधेसका विभिन्न स्थानमा आगलागी भएको र पीडितलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष माग गर्ने समेत निर्णय गरेको छ ।

साथै जलवायु परिवर्तन र चुरे विनाशका कारण तराई मधेसमा खानेपानीको समस्या दिनानुदिन विकराल हुँदै गएकोमा सङ्घीय सरकारद्वारा तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरेर जनतालाई राहत प्रदान हुनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५८ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये