सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग « Khabarhub

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले सहकारीको अर्बौँ रकम हिनामिनामा हुँदा लाखौँ बचतकर्ता प्रत्यक्ष प्रभावित भएकाले अविलम्ब समिति गठन हुनुपर्ने माग गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले  जानकारी दिए।

बैठकले तराई मधेसका विभिन्न स्थानमा आगलागी भएको र पीडितलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष माग गर्ने समेत निर्णय गरेको छ ।

साथै जलवायु परिवर्तन र चुरे विनाशका कारण तराई मधेसमा खानेपानीको समस्या दिनानुदिन विकराल हुँदै गएकोमा सङ्घीय सरकारद्वारा तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरेर जनतालाई राहत प्रदान हुनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५८ बजे

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता