आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल « Khabarhub

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभूति दिन सक्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद भुसालले आगामी आवका बजेट निर्माणमा समाजको अवस्थालाई सुधारोन्मुख बनाउनुपर्ने धारणा राखे ।

उनले संसदमा अध्यादेशमार्फत कानुन संशोधन गरी पूर्व बजेट छलफलको प्रक्रियालाई अगाडि सारेर परिवर्तन गरे पनि सोहीअनुसार काम हुने स्थिति हुन सकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

उनले भने, ‘यस अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रूपमा परिवर्तन गर्न दिशानिर्देश गर्ने खालको नीति तथा कार्यक्रम आउनुपर्छ । ती नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने खालको बजेट विनियोजन आवश्यक छ ।’

उनले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन र उपभोगका लागि राजनीतिक नेतृत्वबाट धेरै काम हुन नसकेको गुनासो व्यक्त गरे । ‘हामीले सहिदहरूको सपना पूरा गर्न कति काम गर्‍यौ ?’, सांसद भुसालले भने,’राजनीतिक व्यवस्था परिवर्तनका निम्ति लडेका, ती सहिदहरुसँगसँगै लडेका हामी कोही सरकारमा छौँ कोही प्रतिपक्षमा छौ । पछिल्लो २० वर्षमा संविधान त बनायौ तर यसमा भएका व्यवस्थाको कार्यान्वयनका लागि हामीले कति काम गर्‍यौ ?’

उनले संविधानले समाजवादतर्फ उन्मुख बनाउन निर्देशित गरेअनुसार काम हुन नसकेको धारणा राखे । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन एवं रूपान्तरण क्षेत्रमा काम गर्न नसकेका कारणले उठेका प्रश्नहरूले सिंगो व्यवस्थाप्रति प्रश्न उठेको उनको भनाइ थियो ।

सांसद भुसालले भने, ‘यस अवधिसँग तुलना गर्ने हो भने सन्तुष्ट हुने हो कि हैन भन्ने प्रश्न पनि गर्न चाहन्छु । सत्तापक्षमा हुँदा गरेका छौँ भन्छौ र प्रतिपक्षमा जाँदा किन भएन भनेर प्रश्न गर्छौ । यसका लागि हामी सबै जिम्मेवार छौ ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : २४ बजे

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता