पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैन : सांसद शर्मा | Khabarhub Khabarhub

पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैन : सांसद शर्मा


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उनले बजेट पहुँचका आधारमा नभई आवश्यकतालाई हेरेर विनियोजन हुनुपर्ने बताए ।

‘विगतमा पहुँचका आधारमा बजेट विनियोजन हुन्छ भन्ने धारणा छ, आगामी आवको बजेटमा त्यस्तो संकेत नदेखियोस्’, सांसद शर्माले भने, ‘कार्यान्वयनमुखी आयोजनालाई प्राथमिकता दिनुपर्छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने गरी बजेट बनाइनुपर्छ । राष्ट्रिय तथा क्षेत्रगत नीतिसँग पनि सम्बन्धित भएकाले बजेट पहुँच र शक्तिका आधारमा विनियोजन गरिनुहुन्न ।’

स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सामाजिक सेवामा बजेट केन्द्रित गरिनुपर्छ भन्दै उनले संविधान अनुरूप समावेशी, सङ्घीयता, लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि बजेटलाई केन्द्रित गरिनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रण र राज्यका हरेक निकायमा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम हुनुपर्ने उनको भनाइ छ ।

सरकारले बजेट र नीति कार्यक्रमबारे समयमै छलफलको थालनी गर्नु सकारात्मक पक्षको सुरुवात भएको भएको उल्लेख गर्दै उनले मुलुकमा लगानी सम्मेलन सम्पन्न, राजश्व संकलन प्रभावकारी भइरहेकाले अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सांसद शर्माले राष्ट्रियसभा मेलमिलाप र सहकार्यको थलोका रूपमा स्थापित भएको भन्दै यसलाई सोही अनुरूप निरन्तरता दिइनुपर्ने खाँचो औँल्याए।

उनले राष्ट्रियसभालाई फरक ढङ्गले परिचालन गर्न सबै नेताहरू गम्भीर भएर लाग्नुपर्ने खाँचो औँल्याए । संक्रमणकालीन न्याय व्यक्तिको विषय मात्र नभई राष्ट्रको साझा मुद्दा भएकाले यसलाई निचोडमा पुर्‍याउन जरुरी भएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ३९ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये