पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैन : सांसद शर्मा « Khabarhub

पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैन : सांसद शर्मा


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उनले बजेट पहुँचका आधारमा नभई आवश्यकतालाई हेरेर विनियोजन हुनुपर्ने बताए ।

‘विगतमा पहुँचका आधारमा बजेट विनियोजन हुन्छ भन्ने धारणा छ, आगामी आवको बजेटमा त्यस्तो संकेत नदेखियोस्’, सांसद शर्माले भने, ‘कार्यान्वयनमुखी आयोजनालाई प्राथमिकता दिनुपर्छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने गरी बजेट बनाइनुपर्छ । राष्ट्रिय तथा क्षेत्रगत नीतिसँग पनि सम्बन्धित भएकाले बजेट पहुँच र शक्तिका आधारमा विनियोजन गरिनुहुन्न ।’

स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सामाजिक सेवामा बजेट केन्द्रित गरिनुपर्छ भन्दै उनले संविधान अनुरूप समावेशी, सङ्घीयता, लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि बजेटलाई केन्द्रित गरिनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रण र राज्यका हरेक निकायमा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम हुनुपर्ने उनको भनाइ छ ।

सरकारले बजेट र नीति कार्यक्रमबारे समयमै छलफलको थालनी गर्नु सकारात्मक पक्षको सुरुवात भएको भएको उल्लेख गर्दै उनले मुलुकमा लगानी सम्मेलन सम्पन्न, राजश्व संकलन प्रभावकारी भइरहेकाले अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सांसद शर्माले राष्ट्रियसभा मेलमिलाप र सहकार्यको थलोका रूपमा स्थापित भएको भन्दै यसलाई सोही अनुरूप निरन्तरता दिइनुपर्ने खाँचो औँल्याए।

उनले राष्ट्रियसभालाई फरक ढङ्गले परिचालन गर्न सबै नेताहरू गम्भीर भएर लाग्नुपर्ने खाँचो औँल्याए । संक्रमणकालीन न्याय व्यक्तिको विषय मात्र नभई राष्ट्रको साझा मुद्दा भएकाले यसलाई निचोडमा पुर्‍याउन जरुरी भएको उल्लेख गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ३९ बजे

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्

कारबाहीमा परे पीआर लिएका दुई अधिकृत, सरकारी सेवामा अयोग्य हुने गरि निकालिँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले