चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण « Khabarhub

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरम (एनसीएफएफ)सँगको सहकार्यमा शुक्रबार गोकर्ण हाउस झम्सिखेलमा कार्यक्रम भएको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष सागर श्रेष्ठले चिनियाँ फोटोग्राफरहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रमको अवसरमा उनले सु छुइ लगायत फोटोग्राफरसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव समेत गरेका छन् । ‘आगामी दिनमा एनएफपिजे नेपाललाई पनि चीनको कला, संस्कृति र सभ्यता नजिकबाट बुझ्ने मौका दिनु हुन्छ भन्ने विश्वास लिएका छौँ ,’ श्रेष्ठले भने ।

त्यस्तै चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइले आफू पहिलो पटक २००८ मा नेपाल घुम्न आएको र अहिलेसम्म ३० पटक भन्दा धेरै नेपाल घुमिसकेको अनुभव सुनाए ।

उनले भने, ‘मलाई संसार भर घुमौँ फोटो खिचौँ भन्ने लागेको थियो जब म नेपाल आएँ, नेपाल नै विश्व लाग्यो र अझै ४०-५० पटक नेपाल आइरहन मन लागेको छ। नेपाल खासै ठूलो छैन तर यहाँको कला संस्कृतिमा धेरै भिन्नता छ र नेपालीको बानी व्यवहारले हामीलाई तान्छ। मेरो बाँकी जीवन चाहिँ नेपालको धार्मिक र पर्यटकीय क्षेत्रको भित्री रूपमा फोटो खिच्न पाउँ भन्ने इच्छा छ।’ नेपालको सुन्दरता चीनसँगै विश्वमा चिनाउने आफ्नो ठूलो रहर रहेकोसमेत उनले बताए ।

कार्यक्रममा एनएफपीजे नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले अन्तरक्रिया कार्यक्रम एकदमै फलदायी रहेको बताए । यस्ता भेटघाट कार्यक्रमले नेपाल र चीनका फोटोग्राफरबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याउने भन्दै आगामी दिनमा दुई देशबीच हुने सहकार्यले सम्बन्ध अझ मजबुत बनाउने अवसर मिल्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने- ‘फोटोग्राफर सु छुइले खिचेका नेपालका उत्कृष्ट १०० तस्बिरहरू र नेपालका फोटो पत्रकारले खिचेका उत्कृष्ट तस्बिरहरू चाइनाको कुनै सहरमा प्रदर्शनीमा राख्न सके नेपालमा पर्यटन प्रवर्द्धनका लागि थप टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु। त्यसका लागि राष्ट्रिय फोटो पत्रकार समूहले  के कस्तो सहयोग गर्न सक्छ हामी तयार रहेको जानकारी गराउन चाहन्छौँ, आगामी दिनमा हामीले पनि चीनको कला, संस्कृति र सभ्यतालाई नजिकबाट नियाल्ने अवसर दिनु हुन्छ भन्ने पनि विश्वास लिएको छु।’

कार्यक्रममा नेपाल चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा. कल्याण शर्माले भाषा सहजीकरण गरेका थिए । कार्यक्रममा चीनबाट आएका फोटोग्राफरलाई खादा र नेपाली टोपीले सम्मान गरिएको थियो भने दुई देशको तर्फबाट एक अर्कालाई मायाको चिनो स्वरूप पुस्तक आदानप्रदान गरिएको थियो ।

कार्यक्रम सफल बनाउन केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय मामिला प्रमुख सुनिल शर्मा, नेपाल चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा. कल्याण शर्मा, गोकर्ण हाउस झम्सिखेल, संस्थाका सदस्य रमेश शाक्य, अर्चना श्रेष्ठ लगायतको महत्त्वपूर्ण सहयोग रहेको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष राज भाइ सुवाल लगायत एनएफपिजे नेपालका  सदस्यहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ०९ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा