डा. भगवान कोइरालाको निर्माणाधीन बाल अस्पताललाई मीनबहादुरले ४१ करोड दिने « Khabarhub

डा. भगवान कोइरालाको निर्माणाधीन बाल अस्पताललाई मीनबहादुरले ४१ करोड दिने


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाले बनाउन लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले देशका सातवटै प्रदेशमा निर्माण गर्न लागेको बाल अस्पतालका लागि गुरुङले शुक्रबार हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर ४१ करोड रुपैयाँ  सहयोग घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनाइँदैछ । निर्माणाधीन उक्त अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने घोषणा गरेका हुन् ।

डा. कोइराला नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र फरक शैलीमा सबै प्रकारका बालरोगक विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणमा जुटेका छन् ।

गुरुङले ठूलो सहयोग रकम घोषणा गरेपछि डा. कोइराला पैसा नै नहुँदा पनि थालेको प्रोजेक्टलाई यति ठूलो रकम सहयोग घोषणा हुँदा खुसीको बर्णन गर्न नसकेको बताए । उनले यो सहयोगबाट अस्पतालको परिकल्पना चाँडै साकार हुने पनि बताए ।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ४८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को