गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ? « Khabarhub

गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ?


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाणित गर्न चुनौति दिएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफैले फारम भरेर उक्त सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिए राजनीति छोड्ने बताएका हुन् । उनले आफूले ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो कि होइन भनेर गगनलाई प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेकोलिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो ? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन।’

आफूलाई एक पटक सदनमा बोल्न दिन रविले माग गरेका छन् । संसदीय छानबिनसँग नडराएको उल्लेख गर्दै रविले संसदीय छानबिन समिति मागको दोकान बन्द हुनुपर्ने बताएका छन् ।

‘म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने ? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र?’ रविले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ३६ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि