आज २०८१ साल जेठ २८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २८ गते सोमबारको राशिफल


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २८ गते सोमबार तदनुसार सन् २०२४ जुन १० तारिख। जेठ शुक्ल पक्षको चतुर्थी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : खर्च बढ्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। भएको सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। परिवारले साथ दिने दिन छ।

वृष : मन खुशी हुने दिन छ। साथीको सहयोग प्राप्त हुनेछ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। लगानी भए व्यापारमा फाइदा हुनेछ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : अधिकार प्राप्त गर्ने समय आएको छ। तपाईं अल्पमतमा पर्ने जोखिम छ। श्रम गर्दा शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारले धोका दिने जोखिम रहेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

कर्कट : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। गलत आरोप लाग्नसक्छ। परिवारबाट खुशी मिल्नेछ। सकारात्मक छलफलले मन शान्त बन्नेछ। ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।

सिंह : शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँगको छलफलबाट सुरुवात गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : समय रमाइलो छ। सोचेर लगानी गरेको भए प्रतिफल प्राप्त हुनेछ। प्राविधि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। संकटमा परिवारको राम्रो साथ प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालीन हुनसक्छन्। समाजले तपाईंलाई सम्मान गर्नेछ। परोपकार गर्नु फाइदाजनक हुनेछ। घर शान्त बन्नेछ। परिवारभित्र खुशी प्राप्त हुनेछ।

वृश्चिक : पुरानो रोग नियन्त्रणमा समस्या देखिने छ। शान्त वातावरण रमाउनु राम्रो होला। धेरै तर्क नगर्नु राम्रो होला। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

धनु : समय राम्रो छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा प्रशंसा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : झुटो आरोप लाग्नेछ। मन अशान्त हुनेछ। सानो कुरा भए पनि दान गर्नु राम्रो हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले विश्वास गरेका पात्रले धोका दिने जोखिम देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ : शिक्षामा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुने जोखिम छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। जन्म कुण्डली हेरेर कुनै पनि क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ।

मीन : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको चित्त बुझाउन कठिन हुनेछ। लगानी गर्ने भए विदेशमा भन्दा स्वदेशमै फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सहकार्यमा सफलता मिल्नेछ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ५९ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित