ओमानविरुद्ध स्कटल्याण्ड ७ विकेटले विजयी : १५१ रनको लक्ष्य १३ ओभरमै भेट्टायो « Khabarhub

ओमानविरुद्ध स्कटल्याण्ड ७ विकेटले विजयी : १५१ रनको लक्ष्य १३ ओभरमै भेट्टायो


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा स्कटल्याण्डले ओमानविरुद्ध शानदार जित निकालेको छ।

सुरुमा ब्याटिङ गरेको ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टाएको हो।

स्कटल्याण्डका लागि ब्रान्डन एमसीमुलिनले नटआउट अर्धशतक बनाए। उनले ३१ बलको सामना गर्दै ९ चौका र दुई छक्काको मद्तमा ६१ रन बनाए। जर्ज मुन्सेले २० बलमा चार छक्का र दुई चौकाको मद्तमा ४१ रन बनाए। माइकल जोन्सले १६ रन जोड्दा कप्तान रिची बेरिंगटनले नटआउट १३ रन जोडे।

स्कटल्याण्डविरुद्ध कमजोर बलिङ गरेको ओमानका लागि विलाल खान, मेहरान खान र अकिब इलियासले समान एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि प्रतिक आठवलेले अर्धशतक प्रहार गरेका थिए। ४० बलको सामना गरेका उनले पाँच चौका र दुई छक्काको मदतमा ५४ रन बनाए। त्यस्तै आयन खानले ४१, अकिब इलियास १६, मेहरान खानले १३ रनको योगदान दिए।

स्कटल्याण्डका सफायान सरिफले दुई विकेट लिए। मार्क वाट, ब्राड व्हील, क्रिस सोल, क्रिस ग्रीव्सले एकएक विकेट लिएका थिए।

जारी विश्वकपमा ओमानले आफ्ना तीन वटा खेलमा हार बेहोरेको छ। ओमान यसअघि नामिबिया र अस्ट्रेलियासँग पराजित भएको थियो।

एउटा खेलमा नामिबियालाई पराजित गरेको स्कटल्याण्डले इङल्याण्डसँगको खेलमा अंक बाँडेको थियो। यो जितसँगै स्कटल्याण्ड पाँच अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। दुई खेल खेलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नामिबिया र इंग्ल्याण्ड तेस्रो र चौथो स्थानमा छन्। प्रतियोगितामा तीन खेल गुमाएको ओमान अन्तिमममा छ। यो समूहमा ओमानको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ३४ बजे

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा