सडकको दुरावस्थाप्रति गिल्गिट बाल्टिस्तानका नागरिक आक्रोशित « Khabarhub

सडकको दुरावस्थाप्रति गिल्गिट बाल्टिस्तानका नागरिक आक्रोशित


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भौतिक पूर्वाधारको विकासमा ध्यान नदिएको भन्दै पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानका बासिन्दाहरुले आक्रोश पोखेका छन् ।

पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा सडकको अवस्था अत्यन्त खराब रहेको बताइएको छ ।

हालै सो क्षेत्रमा सक्रिय अवामी कार्यसमितिका सदस्यहरुले सडकको अवस्था पनि खराब रहेको र आधारभूत सुविधा दिन पनि पाकिस्तान सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार स्थानीय तहका प्रतिनिधिहरु पनि जनताको चासो र समस्या सम्बोधन गर्न अनिच्छुक छन् ।

सडकको दुरावस्थाका कारण गिल्गिट बाल्टिस्तानको खानबारी क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढेर गएको छ ।

‘जनताले धेरै समस्याहरु खेपिरहेका छन्, गहुँको बोरा बोकेर हिड्दा पनि खोलामा खस्ने जोखिम छ,’ अवामी कार्यसमितिका एक जना कार्यकर्तालाई उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ ।

सरकारले सडकको स्तरोन्नति नगरेमा चक्काजाम गर्नेसमेत अवामी कार्यसमितिका कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।

सडकको खराब अवस्थाका कारण सो क्षेत्रमा एक बोरा गहुँ ओसार्नसमेत १ हजार पाकिस्तानी रुपैयाँ लाग्ने गरेको एएनआईले उल्लेख गरेको छ ।

यस समस्या सम्बोधन गर्नका लागि गिल्गिट बाल्टिस्तानका मुख्यमन्त्रीलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीय अगुवा बताउँछन् ।

पछिल्ला केही वर्षयता गिल्गिट बाल्टिस्तानसहित पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा विभिन्न माग राख्दै सरकार विरोध प्रदर्शन पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ८ : ५८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका