महिलासँगको हिमचिम रुचाउने माओत्सेतुङ | Khabarhub Khabarhub

महिलासँगको हिमचिम रुचाउने माओत्सेतुङ



माओत्सेतुङको राजनीतिक दर्शन बोकेको माओवादी पार्टीले विगत डेढ दशकदेखि राज्य सत्तामा रजगज गरिरहेको छ। अहिले पनि उसकै नेतृत्वमा गठबन्धन सरकार अघि बढिरहेको छ। तर माओ स्वयं चाहिँ कुन धातुबाट बनेका थिए ? उनले अंगालेको जीवनशैली कस्तो थियो ? निरंकुश माओ, स्पात माओ, संघर्षशील माओ र एउटा सामान्य परिवारबाट आएको संघर्षशील माओमा कति अन्तर छ ? यी विषय कमै सार्वजनिक भएका छन्। सत्ता र शक्तिमा रहेकालाई त्यो उन्मादले कसरी गाँज्छ र समयको ऐनामा ऊ कसरी सर्वाङ्ग हुन्छ भन्ने सत्य माओलाई हेरे पुग्छ। जनताबाट कुनै कुरा लिनु हुँदैन भन्ने मान्यता बोकेका माओको उद्धरार्ध सुखद भएन। छोरा युद्धमा बिते। चार पत्नीसँगको सम्बन्धमा चिसोपन आयो।

राजनीतिक यात्रा ओरालो लागेसँगै आफ्नाहरु भनिएकाहरु दुस्मन भए। उनले बाेकेकाे राजनीतिक दर्शनमाथि टिकाटिप्पणी सुरु भए। बेसहारा बनेकी पत्नीले जेलमै आत्महत्या गर्नुपर्‍यो। २२ वर्षसम्म उनको सेवा गरेका निजी चिकित्सकले समेत उनका अवगुणहरुको विस्कुन लगाए। राजनीतिमा हाउगुजी रहेका माओको नैतिक धरातल कमजोर थियो भन्ने घटना परिघटना सार्वजनिक भए।

इतिहासमा अहिलेसम्म कुनै पनि नेताले आफ्ना जनतालाई धेरै समयसम्म निरंकुश शासनमा बाँधेका छैनन, जति चीनको कम्युनिस्ट नेता माओत्सेतुङले बाँधेका छन्। उनी १९४९ देखि १९७६ सम्म चीनको नेता बन्न सफल भए।

इतिहासमा अहिलेसम्म कुनै पनि नेताले आफ्ना जनतालाई धेरै समयसम्म निरंकुश शासनमा बाँधेका छैनन, जति चीनको कम्युनिस्ट नेता माओत्सेतुङले बाँधेका छन्। उनी १९४९ देखि १९७६ सम्म चीनको नेता बन्न सफल भए। माओको योजनाले प्रगतिको पथदेखि लिएर सांस्कृतिक क्रान्तिलाई समेत विकृतिको मोडमा धकेल्न सफल भयो।

माओको जीवन र उनको असाधारण चरित्रका विषयमा सर्वत्र टिकाटिप्पणी हुने गर्छ। लगभग २२ वर्षसम्म माओको साथमा काम गरेका निजी चिकित्सक डा.ली. ट्रस्युइले उनको तानाशाही प्रवृत्ति र जीवनबारे रहस्योद्घाटन गरेका छन्। अप्रिल १९५५ मा उनलाई माओसँग भेट्ने अनुमति प्राप्त भयो। जतिबेला उनी टुगनानहायको चिकित्सालयका निर्देशक थिए। टुगनानहाय त्यस्तो विशिष्ट क्षेत्र मानिन्छ, जहाँ कम्युनिस्ट पार्टीको वरिष्ठ अधिकारी बस्दथे। अलिअलि अप्ठ्यारो मानेर उनी साइकल चढेर तरणताल भन्ने ठाउँ पुगे। माओ एउटा बेञ्चमा नग्न अवस्थामा बसिरहेका थिए। उनले आफ्नो शरीरको तल्लो हिस्सालाई रुमालले ढाकेका थिए।

माओ हेर्दा हृष्टपुष्ट एवं डरलाग्दो देखिन्थे। जतिबेला उनी तियानमेन चोकमा जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा गर्ने तयारीमा थिए। उनको काँध चौडा, पेट ठूलो र अनुहार चम्किलो देखिन्थ्यो। भेट भएलगत्तै माओले उनलाई शिक्षा र अनुभवका बारेमा जिज्ञासा राखे। डा. लीको प्रशिक्षण यस्तो एउटा चिनियाँ मेडिकल कलेजमा भएको थियो, जहाँका अधिकांश प्राध्यापक अमेरिकी थिए। उनले आफू अमेरिकी र ब्रिटिस प्रोफेसरबाट प्रशिक्षित व्यक्ति भनेर बताएपछि माओले उनलाई आफूलाई पनि अंग्रेजी सिकाइदिन अनुरोध गरे।

त्यही दिन साँझको समयमा माओका अंगरक्षककले टेलिफोनमार्फत लीलाई परीक्षामा उत्तीर्ण भएको खबर दिए। साथै माओले उनलाई आफ्नो व्यक्तिगत चिकित्सक बनाउने निधो गरेको बताए। केही दिनपछि माओले डाक्टरलाई आधारातमा बोलाए। उनी एकछिन त तर्सिए। कतै माओ विरामी त भएनन भनेर असिनपसिन हुँदै माओको घरतर्फ लागे।

घरभित्र पस्नुअघि पालेले भने-‘माओ सुत्न सकिरहेका छैनन। उनी अशान्त अवस्थामा छ। तसर्थ तपाईंलाई कुराकानी गर्न बोलाउनु भएको छ।’ यति भनेर पालेले माओको सुत्ने कोठामा लगे। सुत्ने कोठा निक्कै ठूलो थियो। कोठाको रंगरुप हेर्दा नृत्यशाला जस्तो लाग्थ्यो। कोठामा नयाँ फेशनको रुपमा पाश्चात्य फर्निचर सजाइएका थिए भने मखमलको पर्दा टाँगिएको थियो। माओ काठको सुशोभित पलङमा आरामले पल्टिरहेको जस्तो देखिन्थ्यो।

माओको प्रायः कोहीसँग पनि मित्रता थिएन, यतिसम्म कि परिवारका सदस्यसँग पनि कम हिमचिम थियो। आफ्नो सुत्ने कोठामा रहेको एउटै मेच खान र लेखपढमा प्रयोग गर्थे। माओका नजिकको साथी भनेकै अंगरक्षक थिए, जो अनपढ किसान थिए।

भित्र कोठामा प्रवेश गरेपछि माओले डाक्टरलाई बस्न र केही कुरा गर्न मन लागेर बोलाएको बताए। माओ पूर्ण निष्ठा चाहन्थे। उनी जनतालाई पहिले राम्ररी कुरा गर्थे, उनको दृष्टिकोण बुझ्न प्रयत्न गर्थे। त्यसपछि दोष स्वीकार्न बाध्य बनाउँथे। खोट लगाउने ठाउँमा नदेखिएमा सजिलै माफ गर्ने माओको प्रवृत्ति थियो। आफूसँग चिढिएर जनता आफ्ना विरोधीको क्याम्पमा नछिरोस् भन्नेमा माओ सचेत रहन्थे।

माओको भित्री मनोविज्ञान बुझेका डा. लीले हृदयमा यो रहस्य राखिरहे। उनलाई माओको क्रूरताबारे चाल पाउने अवसर मिल्यो। तैपनि उनी मौन भइ आफ्नो रक्षा गरिरहे। माओको प्रायः कोहीसँग पनि मित्रता थिएन, यतिसम्म कि परिवारका सदस्यसँग पनि कम हिमचिम थियो। आफ्नो सुत्ने कोठामा रहेको एउटै मेच खान र लेखपढमा प्रयोग गर्थे। माओका नजिकको साथी भनेकै अंगरक्षक थिए, जो अनपढ किसान थिए। यद्यपि माओ ती व्यक्तिसँग महिलाका विषयमा पनि कुरा गर्दथे। तर आफ्नो सबैभन्दा प्रिय विषय अर्थात् चिनियाँ इतिहास र दर्शनबारे उनको विचार सीमित रहन्थ्यो। त्यसैकारण माओले उनलाई कुराकानी गर्न आफ्नो साथी बनाएका थिए। त्यतिमात्र नभएर माओले आफ्नो प्रिय पुस्तक र विषय उनलाई पढ्न दिन्थे।

माओसँग काम गरेको हप्ता दिन पनि नबित्दै डा. लीलाई मई दिवसको छुट्टी प्राप्त भयो। उनलाई यो कुराले पनि निक्कै आश्चर्य बनायो कि माओ पनि कुनै नृत्य कार्यक्रममा अतिथिको रुपमा जान्छन् भनेर। कालान्तरमा माओले नृत्यलाई पतनकारी र बेकामको संज्ञा दिएर क्रान्तिपश्चात खारेज गरिदिए। समाजमा नाचगान नियन्त्रण गरे पनि उनी टुंगनानहायमा हप्ताको एकदिन नृत्य समारोहमा सहभागी हुन्थे।

आफ्नो सौन्दर्य, कलात्मक प्रतिभा र राजनीतिक विश्वसनीयतालाई ध्यानमा राखेर माओलाई मनोरञ्जन दिन युवती छानिन्थ्यो। नृत्य समारोहको समाप्तिसँगै माओ सुन्दरीलाई लिएर आफ्नो सुत्ने कोठाको चुकुल लगाउँथे।

एकदिनको नृत्य हेर्दै गरेको बेला माओ अचानक दर्जनौं सुन्दरीबाट घेरिए। माओले पनि पालैपालो प्रत्येक युवतीसँग ब्याण्डको धूनमा नृत्य गरे। यस्तो कार्यक्रम रातको २ बजेसम्म चलिरह्यो। माओले यस्तो समारोह गर्नुको उद्देश्य बुझ्न लीलाई समय लाग्यो। आफ्नो सौन्दर्य, कलात्मक प्रतिभा र राजनीतिक विश्वसनीयतालाई ध्यानमा राखेर माओलाई मनोरञ्जन दिन युवती छानिन्थ्यो। नृत्य समारोहको समाप्तिसँगै माओ सुन्दरीलाई लिएर आफ्नो सुत्ने कोठाको चुकुल लगाउँथे। तर यस्तो परम्परा माओले मात्र नभएर उनी अघिका शासकमा पनि लागू थियो। पौराणिक पीत सम्राट एक हजार कुमारीबाट रतिदान पाएर अमर भएको श्रुति छ। पछिका सम्राटको धारणामा पनि यो बस्न गयो कि जति धेरै महिलासँग संसर्ग गर्यो उति दीर्घायु भइन्छ। त्यसैकारण उनीहरुका हजारौं रखेल हुन्थे।

माओलाई आफू नपुंसक हुने डरले व्यापक पछ्याउँथ्यो। १२ देखि ६० वर्षको आयुसम्म यौन शक्तिमा कुनै कमी आउँदैन भन्ने मान्यताले उनीभित्र घर गरेको थियो। उनको आयु ६१ पुगेकाले उनी यौनशक्ति कम होला भन्नेमा भयभीत थिए। यथार्थमा माओ ८० को आयुमा पनि आफ्नो शरीर स्वस्थ राख्न तथा यौन क्रियाकलापमा सक्रिय रहन चाहन्थे।

माओ बिरामी र डाक्टरलाई यति घृणा गर्थे कि विरामी पर्दा पनि चुपचाप सहन्थे। दाँत ब्रसले सफा गर्दैनथे। बिहान उठ्ने बित्तिक्कै चिया पिउँथे। त्यही चियाको पत्ताले दाँत माझ्थे। दाँत कहिल्यै चिकित्सकलाई देखाउँदैनथे। समय बित्दै जाँदा उनको दाँत काला हुँदै झर्न थाले।

माओमा अत्यधिक शक्ति थियो। उनको अधिकांश गतिविधि राति हुने गथ्र्यो। ४८ घण्टासम्म उठेरै क्रियाशील रहने क्षमता थियो। उनलाई यस्तो काम गर्न मन लाग्थ्यो, जुन कामका बारेमा अरुले सोच्ने क्षमता राख्दैनथे।

सामान्य रुपमा हेर्ने हो भने माओमा अत्यधिक शक्ति थियो। उनको अधिकांश गतिविधि राति हुने गथ्र्यो। ४८ घण्टासम्म उठेरै क्रियाशील रहने क्षमता थियो। निर्धारित कार्यक्रम, शिष्टाचारको माध्यमबाट आफूलाई नियन्त्रणमा राख्थे। उनलाई यस्तो काम गर्न मन लाग्थ्यो, जुन कामका बारेमा अरुले सोच्ने क्षमता राख्दैनथे। निजी जीवनमा मात्र नभएर राष्ट्रमा चलिरहेको गतिविधिलाई पनि परिवर्तन गरिरहन्थे।

तर कहिलेकाहीँ माओ रोगले ग्रस्त भई पल्टन बाध्य हुन्थे। उनलाई अनिद्रा, टाउको दुख्ने र कहिले मुटु सम्बन्धी रोगले च्याप्थ्यो। त्यतिबेला कुनै औपचारिक सम्मेलनमा जानु परेमा उनीसँग एक दुई जना सँगै हुन्थे। कहिले उनी विचारधारा सम्बन्धी अनेकौं आन्दोलन गर्थे भने कहिले महत्वपूर्ण नीतिहरुप्रति औंला उठाउँथे।

चीनमा प्रजातन्त्रको परीक्षण अन्त्य भइसकेको थियो भने पाँच लाख जनतामाथि दक्षिणपन्थीको आरोप लगाइयो। आफ्नै पार्टीका सदस्यमा ५ प्रतिशत सदस्यलाई अपराधी घोषणा गरियो। जति व्यक्तिलाई दक्षिणपन्थीको संज्ञा दिइएको थियो, तिनीहरुको रोजगार पनि खोसियो। ती व्यक्तिलाई नानाथरि यातना दिएर अपराध स्वीकार गर्न लगाइयो। अधिकांश व्यक्तिको मृत्यु दयनीय अवस्थामा भयो।
सन् १९५८ को सुरुवातमा माओमा केही परिवर्तन देखा पर्‍यो। त्यतिबेला माओ छेग्दु शहरमा थिए। दक्षिणपन्थी विरुद्ध आन्दोलनमा गएका पार्टीका नेताको हैसियतमा त्यस पार्टीका सदस्यले माओको स्वागत गरे। तर माओले यस्तो स्वागतको निन्दा गर्दै यसमा विष मिसाइएको भन्दै टिप्पणी गरे। माओको शक्ति दिनप्रतिदिन बढ्दै गयो। सांस्कृतिक क्रान्तिको सुरुवात भएन।

त्यही वर्ष माओले चिनियाँ अर्थ व्यवस्थालाई आधुनिक बनाउने विचार ल्याए। जसको फलस्वरुप उनको अर्थ व्यवस्थाले पाश्चात्य देशको पूँजीवादी अर्थ व्यवस्थालाई पछार्न सफल होस्। अक्टोबर महिनामा माओ र उनलाई रेलगाडीमा बसेर देशको विभिन्न ठाउँमा घुम्ने अवसर प्राप्त भयो। रेलको पट्टरीको दुवै दिशातर्फ किसान खेतमा काम गरिरहेका थिए। ती किसान आफ्नो घरमा रहेका धातुका सबै सामान भट्टीमा थुपार्दै थिए। यो देखेर छक्क पर्दै माओले पार्टीको एक सदस्यलाई यस रहस्यबारे सोधपुछ गरे। कुरा के रहेछ भने पार्टी स्थानीय पदाधिकारीले रेलको पट्टरीको दुवैतिर चार वा पाँच किलोमिटर टाढासम्म भट्टी निर्माणको निर्देशन जारी गरेका थिए।

सरल मैत्रीपूर्ण व्यवहारको साथै उनमा स्नेह र हार्दिकताको निक्कै कमी थियो। एकपल्ट संघाईमा प्रदर्शनको सिलसिलामा एक सानो बच्चा गम्भीर घाइते भयो। यो देखेर दर्शकमा सन्नाटा छायो। घायल बच्चाको आमालाई सहानुभूति आवश्यक थियो। यस्तो अवस्थामा माओ दंग परेर हाँसे । मानौं उनका लागि यो सबै नाटक हो।

सन् १९५९ को गर्मी महिनाको समयमा चीनको रक्षामन्त्री पंग देहागले माओलाई चिट्ठीमा चेतावनी दिँदै महान छलाङलाई नियन्त्रणमा राख्ने आदेश दिए। तर माओले पंगको निन्दा गरे। अन्तत पंगलाई बर्खास्त गर्न सफल भए। माओ आफूलाई लागेको कुरा गलत नै भएपनि पछि नहट्ने हुँदा देशका लाखौं मानिस अनाहक मृत्युको मुखमा पर्न गए।

सरल मैत्रीपूर्ण व्यवहारको साथै उनमा स्नेह र हार्दिकताको निक्कै कमी थियो। एकपल्ट संघाईमा प्रदर्शनको सिलसिलामा एक सानो बच्चा गम्भीर घाइते भयो। यो देखेर दर्शकमा सन्नाटा छायो। घायल बच्चाको आमालाई सहानुभूति आवश्यक थियो। यस्तो अवस्थामा माओ दंग परेर हाँसे । मानौं उनका लागि यो सबै नाटक हो।

लगातार परस्त्रीसँग सम्बन्ध कायम गरिरहेका हुनाले उनले आफ्नी चौथी पत्नी च्यान चिगसँगको सम्बन्ध तनावपूर्ण रह्यो। माओ त्यो बद्नाम गिरोहको नेता बने, जसले चीनको सांस्कृतिक क्रान्तिको नेतृत्व गरेका थिए। अब उनको हातमा दश लाख चिनियाँ जनताको भाग्य थियो।

अगस्टको अन्तिम समयका लागि उनी नृत्य समारोह बन्द गर्न सफल भए। तर केही सप्ताह नबित्दै युवतीको बाक्लो उपस्थिति हुन थाल्यो। यहाँसम्म कि सांस्कृतिक क्रान्ति समयमा पनि माओ नृत्य र युवतीसँग तालमा ताल मिलाउँदै थिए।

लगातार परस्त्रीसँग सम्बन्ध कायम गरिरहेका हुनाले उनले आफ्नी चौथी पत्नी च्यान चिगसँगको सम्बन्ध तनावपूर्ण रह्यो। माओ त्यो बद्नाम गिरोहको नेता बने, जसले चीनको सांस्कृतिक क्रान्तिको नेतृत्व गरेका थिए।

सेप्टेम्बर १९७१ मा माओलाई थाहा भयो कि उनको वास्तविक उत्तराधिकारी भनिएको लिन व्याओले नै सत्ता पल्टाउन खोजिरहेको छ। आफ्नो हत्या हुने सम्मको प्रपञ्च भइरहेको रहस्य फेला पारे। तत्पश्चात लिन ब्याओले देश छोडेर भाग्ने क्रममा विमान दुर्घटनामा ज्यान गुमाए।

फेब्रुअरीको अन्तिममा संयुक्त राज्य अमेरिककाका राष्ट्रपति निक्सन चीन भ्रमणमा आउने भए। डाक्टरको टोली माओलाई स्वस्थ राख्न दिनरात तल्लिन भइरह्यो। कयौं दिनसम्म हिँड्डुल नगरेका कारण उनको शरीरको मांसपेशीहरु कमजोर बन्दै गएका थिए। स्वास्थ्यमा सुधार ल्याउन उनलाई नियमित व्यायाम गर्न लगाइयो। केही सहयोगीहरु समातेर हिँड्डुलको अभ्यास गराउँथे।

निक्सन चीन आए। त्यो समय माओमा शारीरिक जोश कायमै रहेको देखिन्थ्यो। यद्यपि स्वास्थ्यमा आएको सुधारले स्थायी बाटो लिन सकेन। उनलाई बोल्न कठिन हुँदै गयो। श्वासप्रश्वासको समस्या पनि बढ्दै गयो। परीक्षणपछि उनको शरीरमा नसासम्बन्धी एमिओट्राफिक लेटरल स्कलोरोमिस रोग लागेको प्रमाणित भयो। जुन रोगको निदान सम्भव थिएन। ९ सेप्टेम्बर १९७६ मा उनको मृत्यु भयो। तर आश्चर्य मृत्यु हुँदा २२ वर्ष स्वास्थ्य सेवा प्रदान गरेका चिकित्सक ली ले पनि उनको शोक मनाएनन्। आफूले माओलाई चीनको रक्षक भनेर साथ दिए पनि त्यो भ्रम टुटिसकेको भन्दै खरो टिप्पणी गरेका थिए।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  १० : २२ बजे

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

एजेन्सी– इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी

फिल्म ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य भूमिका रहेको

आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार

बेलबारी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको

राजविराज-सखडा खण्ड मर्मत गरिँदै

राजविराज– वर्षाको समयमा राजविराज–सखडा र सखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने

भारतमा परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू

काठमाडौं– भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ