आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मे २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षामा गरेको लगानी फाइदा हुनेछ । साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ । आफन्तलाई बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ । बोलीको प्रभावले राम्रा काम बन्नेछन् । धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ । स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ । विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ । प्रेम सम्बन्ध दीर्घकालीन बन्नेछ ।

मिथुन : दिन राम्रो छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ । मनमा उत्साह बढ्नेछ । मिहिनेतको फल मिल्नेछ ।

कर्कट : हरेक काममा जोगिएर काम गर्नु उचित हुन्छ । व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ । परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ । स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ ।

सिंह : दिन राम्रो छ । आज पठनपाठनमा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।परिवारमा रमाइलो घुमघामको योजना बन्नेछ । दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला उचित हुन्छ ।

कन्या : शुभ समाचार सुन्नाले मन प्रसन्न हुने छ । विशेष ठाउँमा घुमफिरको योजना तय हुनेछ । व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ । परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ ।

तुला : थोरै लगानी भए पनि शिक्षाबाट फाइदा हुनेछ । विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन् । बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ । परिवारमा केही खटपटी आउनेछ । दाम्पत्य जीवन भने सुखमय बन्ला ।

वृश्चिक : आज जोगिएर काम गर्नुपर्ने छ । मनमा कुरा खेल्नाले खटपटी हुनेछ । खर्च गर्दा सचेत बन्नु उचित हुन्छ । अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

धनु : स्वास्थ्यले साथ दिने छ । गोपनीयता कायम गर्नुपर्नेछ । दाम्पत्य जीवनमा झगडा हुने दिन छ । शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने छ । मिहिनेतको फल मिल्नेछ ।

मकर : संचित धन खर्च हुनेछ । सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । शिक्षामा गरेको लगानी सामान्य रहेको छ । पढाइमा आलश्य बढ्नेछ । पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन् ।

कुम्भ : सानातिना कुराले मनमा उत्साह बढ्नेछ । हरेक काममा साथीले साथ दिनेछन् । राज्यको तर्फबाट सहयोग मिल्नेछ । धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।

मीन : स्वास्थ्यमा सुधार हुनेछ । बोल्नुअघि सोच्नु राम्रो हुनेछ । धार्मिक कार्यमा मन जानेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ५ : १२ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा