सत्ता गठबन्धनबाट फुत्कियो गण्डकी सरकार, मुख्यमन्त्री पाण्डेले पाए संसद्को विश्वास « Khabarhub

सत्ता गठबन्धनबाट फुत्कियो गण्डकी सरकार, मुख्यमन्त्री पाण्डेले पाए संसद्को विश्वास


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

पोखरा- संवैधानिक विवाद र तानातानबीच गण्डकी प्रदेश सरकार केन्द्रमा बनेको सत्ता गठबन्धनबाट फुत्किएको छ ।

सोमबार गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै केन्द्रको सत्ता गठबन्धनबाट यो प्रदेश सरकार फुत्किएको हो ।

वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि मत विभाजन हुँदा उनको पक्षमा ३१ मत परेको हो ।

प्रदेशसभामा उपस्थित ५९ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३१ मत पर्दा विपक्षमा २८ मत परेको  हो । मत दिन्न भन्ने पक्षमा शून्य मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए ।

पाण्डेको पक्षमा कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद राजीव गुरुङको १ र माओवादी संसदीय दलका सदस्य सांसद फणीन्द्र देवकोटाले मतदान गरे ।

देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन् । २०७९ को निर्वाचनमा गोरखाबाट उठेका उनले माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट जितेका थिए ।

‘मानीयन सुरेन्द्रराज पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ मत परेकाले प्रदेश सभामा तत्काल कायम रहेको संख्याको बहुमत देखिएकाले उहाँले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु’, सभामुख धितालले भने ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : ५६ बजे

लमजुङका ग्रामीण गन्तव्यमा बढे पर्यटक, व्यवसायी उत्साहित

लमजुङ – लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न

एमाले अध्यक्ष ओली र सम्पादकबीच छलफल

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको

टाइगर श्राफको कारमा गोली चलाउने अभियुक्त नाबालिग, अब बाल न्याय बोर्डमा मुद्दा

काठमाडौं– बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनाले

नेप्से : १७९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट

एक बल नखेली आउट भइन् मेलबर्नकी डिएन्ड्रा डोटिन, के हो डब्लुबीबीएलको ‘फ्री बल’ नियम ?

काठमाडौं- सन् २०२६ को वुमन्स बिग ब्यास लिग (डब्लुबीबीएल) अन्तर्गत