'अस्ट्रेलियन दुल्हा' छायांकन सुरु, किशोर खतिवडा नायक | Khabarhub Khabarhub

‘अस्ट्रेलियन दुल्हा’ छायांकन सुरु, किशोर खतिवडा नायक


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को छायांकन सुरु भएको छ । चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा पूजा गर्दै आइतबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । 

यो फिल्म नेपालीहरू अस्ट्रेलिया गएर उतै बस्ने प्रवृत्तिमा आधारित कथा बन्न लागेको हो । यसमा नायक किशोर खतिवडा, प्रविण आचार्य,  नायिका अंकिता भुर्तेल र बालकलाकार अक्सा कोइराला लगायतको अभिनय रहनेछ ।

२५ दिनमा सक्ने गरी निर्माण पक्ष छायांकनमा निस्किएको हो । चितवनका विभिन्न रमणीय स्थानहरूमा छायांकन हुने निर्माण पक्षले बताएको छ ।  फिल्मका निर्देशक रेहान मिया हुन् । 

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा बन्न लागेको हो । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेका छन् भने उमेश अधिकारी (आर्य) सह–निर्माता छन् ।

फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ५२ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले