१० महिनामा २० अर्ब ४० करोडको बोनस शेयर नेप्सेमा सूचिकृत, अन्य कति ? | Khabarhub Khabarhub

१० महिनामा २० अर्ब ४० करोडको बोनस शेयर नेप्सेमा सूचिकृत, अन्य कति ?


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८०-८१ को दश महिनामा २० अर्ब ४० करोड रुपैयाँ रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार ८४ अर्ब ९९ करोड रुपैयाँ रुपैयाँ बराबरको साधारण शेयर, २० अर्ब १ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, र ३ करोड रुपैयाँ रुपैयाँ बराबरको एफपीओ जारी भएको हो । बोनस, साधारण, हकप्रद र एफपीओ गरेर जम्मा १ खर्ब २५ अर्ब ४४ करोड रुपैयाँ रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको बैंकले जनाएको छ ।

२०८१ बैशाख मसान्तमा सूचीकृत ८ अर्ब २८ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८२० अर्ब ९३ करोड रुपैयाँ रहेको बैंकले सार्वजनिक विवरणमा उल्लेख छ ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५८।४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

 त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.८ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको देखिएको छ । 

२०८१ बैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको बैंकको विवरणमा उल्लेख छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको बैंकले जनाएको छ । बैंकका अनुसार २०८० बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २५३ रहेको थियो । 

२०८० बैशाख मसान्तमा १८२१.६५ रहेको नेप्से सूचकांक २०८१ बैशाख मसान्तमा १९९८.८९ कायम भएको बैंकले जनाएको छ । २०८१ बैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण ३१६९ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ भने २०८० बैशाख मसान्तमा बजार पूँजीकरण २६५७ अर्ब ७६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : १९ बजे

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर