अर्थसंक्षेप : वैदेशिक शिक्षामा बाहिरियो १ खर्ब ४ अर्ब, सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष पक्राउ | Khabarhub Khabarhub

अर्थसंक्षेप : वैदेशिक शिक्षामा बाहिरियो १ खर्ब ४ अर्ब, सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष पक्राउ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार १० महिनामा विदेश पढ्न जाने नेपालीले १ खर्ब बढी रकम विदेश लगेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनामा २० अर्ब ४० करोड रुपैयाँ रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.९० अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर बढेर २०८२.०९ विन्दु कायम भएको छ ।

चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १० खर्ब ५६ अर्ब खर्च गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।

सेञ्चुरी कमर्सियलका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु : 

१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स, साढे १२ महिनालाई धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार नेपालमा साढे १२ महिनालाई वस्तु तथा सेवा धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिति भएको छ ।  २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको हो ।

‘आर्थिक वर्ष २०८०८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५।१ महिनाको वस्तु आयात र १२।६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

विदेश पढ्न जानेले १० महिनामा लगे १ खर्ब ४ अर्ब

चालु आर्थिक वर्ष (आव)को १० महिनामा विदेश पढ्न जाने नेपालीले १ खर्ब बढी रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीहरूले १ खर्ब ४ अर्ब रुपैयाँ विदेशमा लगेका हुन् ।

१० महिनामा २० अर्ब ४० करोडको बोनस शेयर नेप्सेमा सूचिकृत

चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनामा २० अर्ब ४० करोड रुपैयाँ रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार ८४ अर्ब ९९ करोड रुपैयाँ रुपैयाँ बराबरको साधारण शेयर, २० अर्ब १ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, र ३ करोड रुपैयाँ रुपैयाँ बराबरको एफपीओ जारी भएको हो । बोनस, साधारण, हकप्रद र एफपीओ गरेर जम्मा १ खर्ब २५ अर्ब ४४ करोड रुपैयाँ रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

शेयर बजार ८.९० अंकले बढ्यो, कारोबार करिब साढे ५ अर्ब  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.९० अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर बढेर २०८२.०९ विन्दु कायम भएको छ । नेप्से बढेसँगै करिब साढे ५ अर्बको कारोबार भएको छ ।

सोमबार बजार बन्द हुँदासम्म ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर ७१ हजार ९४८ पटक किनबेच भएको छ ।

आज ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च, प्रदेश कति ?

सरकारले आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १० खर्ब ५६ अर्ब खर्च गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको देखिएको छ ।

सरकारी खर्च गत आर्थिक वर्षको पहिलो १० महिनामा १५.३ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९२ अर्ब ४५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले सार्वजनिक विवरणमा छ ।

१०० रुपैयाँ पर्ने सामान १० महिनामा ४ रुपैयाँ ४० पैसाले बढ्यो 

१० महिना अगाडि १०० रुपैयाँ पर्ने सामानको मूल्यमा ४ रुपैयाँ ४० पैसाले मूल्य बढेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले ३ प्रतिशतले मूल्य घटेको हो । चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७।४१ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २।९६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७।१३ प्रतिशतले घटेको छ ।

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

सेञ्चुरी कमर्सियलका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका एसपी होविन्द्र बोगटीले खबरहबलाई  जानकारी दिए ।

ठगीको मुद्दामा अनुसन्धान गर्न सीआईबीले अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो । यसअघि यही प्रकरणमा सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारी पक्राउ परेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ३२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार