१० महिनामा २० अर्ब ४० करोडको बोनस शेयर नेप्सेमा सूचिकृत, अन्य कति ? « Khabarhub

१० महिनामा २० अर्ब ४० करोडको बोनस शेयर नेप्सेमा सूचिकृत, अन्य कति ?


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८०-८१ को दश महिनामा २० अर्ब ४० करोड रुपैयाँ रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार ८४ अर्ब ९९ करोड रुपैयाँ रुपैयाँ बराबरको साधारण शेयर, २० अर्ब १ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, र ३ करोड रुपैयाँ रुपैयाँ बराबरको एफपीओ जारी भएको हो । बोनस, साधारण, हकप्रद र एफपीओ गरेर जम्मा १ खर्ब २५ अर्ब ४४ करोड रुपैयाँ रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको बैंकले जनाएको छ ।

२०८१ बैशाख मसान्तमा सूचीकृत ८ अर्ब २८ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८२० अर्ब ९३ करोड रुपैयाँ रहेको बैंकले सार्वजनिक विवरणमा उल्लेख छ ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५८।४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

 त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.८ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको देखिएको छ । 

२०८१ बैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको बैंकको विवरणमा उल्लेख छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको बैंकले जनाएको छ । बैंकका अनुसार २०८० बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २५३ रहेको थियो । 

२०८० बैशाख मसान्तमा १८२१.६५ रहेको नेप्से सूचकांक २०८१ बैशाख मसान्तमा १९९८.८९ कायम भएको बैंकले जनाएको छ । २०८१ बैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण ३१६९ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ भने २०८० बैशाख मसान्तमा बजार पूँजीकरण २६५७ अर्ब ७६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : १९ बजे

सिंहदरबारमा ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्दैछ

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम