बैतेश्वरको ७ वर्ष : २० किलोमिटर पक्की सडक र २५ किलोमिटर पैदलमार्ग निर्माण « Khabarhub

बैतेश्वरको ७ वर्ष : २० किलोमिटर पक्की सडक र २५ किलोमिटर पैदलमार्ग निर्माण


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका पछिल्लो ७ वर्षको अवधिमा २० किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिएको छ ।

गाउँपालिका २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचन पछि हालसम्म ७ वर्षको अवधिमा आन्तरिक स्रोतबाटै २० किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरेको गाउँपालिकाले सार्वजनिक गरेको प्राविधिक रिपोर्टमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले मुख्य ५ वटा सडकमा साढे ८ किलोमिटर कालोपत्रे सम्पन्न गरेको छ भने,११ किलोमिटर सडक ढलान सम्पन्न गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

विकास एवं समृद्धिको मूलआधार सडक पूर्वाधार र दैनिक हिँडडुल गर्ने बाटोघाटो रहेको र यसैलाई पहिलो प्राथमिकतामा राखी धमाधम कालोपत्रे,ढलान र सिडी सहितको गोरेटो बाटो निर्माण भइरहेको अध्यक्ष लामाले बताए ।

पालिका प्रमुख इन्जिनियर युधिष्ठिर केसीका अनुसार २०७४ देखी २०७७ सम्म पालिकाले ८ वटै वडा लाई पालिका केन्द्र जोड्ने रिङ्ग रोडसहित वडा नम्बर-१ देखि ८ सम्म एक सय ५५ वटा सडक विस्तार गर्दै हिउँ वर्खै चल्ने तीनसय ६२ किलोमिटर शाखा सडक निर्माण गरेको थियो।

त्यसैगरी गत आर्थिक वर्ष २०७६/०७७ देखि आफ्नै स्रोतबाट सडक कालोपत्रे तथा ढलान गर्न सुरु गरेको पालिकाले आर्थिक वर्ष २०८०/८१ सकिन लाग्दा २० किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरेको हो।

गाउँपालिकाले ८ वडामा सडक सँगै पक्की गोरेटो बाटो पनि निर्माण गरिरहेको छ ।

आर्थिक वर्ष २०७८ पछि प्रत्येक गोरेटो बाटो लाई हिलो र धुलोमुक्त बनाउने लक्ष्य सहित गोरेटो बाटो निर्माणमा लागेको गाउँपालिकाले हालसम्म २५ किलोमिटर सिडीसहितको गोरेटो बाटो निर्माण सम्पन्न गरिसकेको पालिका सव-इन्जिनियर विश्वास घिमिरे बताए ।

गाउँपालिकाले ७ वर्ष बित्न लाग्दा कार्यालय संचालनकाे लागि २० कोठाको पक्की आर.सि.सी प्रशासनिक भवन सहित ८ वडाको वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको हो ।

त्यसैगरी पालिका विभिन्न खोलानाला ७ वटा झोलुङ्गे तथा ट्रस पुल,८० प्रतिशत बस्तीमा स्वच्छ खानेपानी एक घर एक धारा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले पूर्वाधार विकाससँगै स्वास्थ्य,शिक्षा,कृषि,रोजगार,न्यायिक समिति लगायतका क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै अघि बढिरहेको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

– सुबास बस्नेत

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ५५ बजे

विद्युत् प्राधिकरणले माग्यो २६० भन्दा बढी कर्मचारी, माघ १० गतेभित्र आवेदन दिन सकिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि

राजनीतिले घृणाको सीमा काटेर हिंस्रक बाटो नसमाओस् : गोकुल बास्कोटा

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाल राजनीतिमा पाकिस्तान

नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

काठमाडौं– यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न

यस्तो छ आजका फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

ढाका पुगेका जयशंकरले किन भेटेनन् यूनुसलाई ?

ढाका –  भारतका विदेशमन्त्री एस. जयशंकर र बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार