चार मापन केन्द्रमा तापक्रम ४० डिग्रीमाथि « Khabarhub

चार मापन केन्द्रमा तापक्रम ४० डिग्रीमाथि


२८ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो केही दिनदखि तापक्रम बढिरहेकोमा आज कतिपय स्थानहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । चार वटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्याङ्कअनुसार आज सबैभन्दा बढी धनगढीमा ४४ डिग्री पुगेको छ । त्यसपछि नेपालगञ्जमा ४३ दशमलव छ, दीपायलमा ४० दशमलव सात र वीरेन्द्रनगरमा ४० दशमलव नौ डिग्री अधिकृतम तापक्रम मापन गरिएको छ ।

यस्तै दाङको घोराहीमा ३९ दशमलव छ, भैरहवामा ३९ दशमलव आठ, सिमरामा ३७ दशमलव पाँच र जनकपुरमा ३७ डिग्री तापक्रम पुगेको छ । आज काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन गरिएको छ । काठमाडौँमा ३४ दशमलव चार पुगेको यो वर्ष दोस्रो पटक हो ।

केहीअघि नेपालगञ्जमा ४४ दशमलव दुई डिग्री मापन भइ यो वर्षकै तापक्रमले रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि वर्षा हुँदा विस्तारै तापक्रम घटिरहेकोमा यही जेठ २६ गतेदेखि तापक्रममा बढोत्तरी आएको थियो ।

तोकिएको मितिभन्दा तीन दिन अघि आज पूर्वी नेपालबाट मनसुन भित्रिए पनि आज धेरैजसो क्षेत्रमा बढी गर्मी महसुस गरिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अझै पनि एक/दुई दिनमध्ये र पश्चिम क्षेत्रमा तापक्रम बढी नै रहने जानकारी दिनुभयो । पूर्वबाट मनसुन भित्रिए पनि तराई तथा पश्चिम क्षेत्रमा तत्काल वर्षाको प्रणाली नरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ५९ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा