मोदीको रुस भ्रमण र भारतको सन्तुलित कूटनीति | Khabarhub Khabarhub

मोदीको रुस भ्रमण र भारतको सन्तुलित कूटनीति


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो) को सम्मेलनमा भाग लिनु ठिक अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको भेटलाई पश्चिमा शक्तिले चासो पूर्वक हेरेका छन्।

रुसले गरेको आक्रमणमा ४१ जनाको ज्यान जानु ठिक अघि मोदी रुसमा अवतरण गरेका थिए। सो आक्रमण बाल अस्पतालमा भएको थियो। पुटिन र मोदीले अङ्कमाल गर्दै हामी नजिकको साथी हौ भनिरहेको तस्बिर सार्वजनिक भएको छ।

पुटिन र अमेरिकासँग नै दरिलो साइनो जोडी रहेका मोदीको यो भ्रमणलाई संसारले गम्भीरतापूर्वक हेरिरहेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ मिलरले मोदीको रुससँगको वार्ता चासोको विषय भएको बताएका छन्।

यो भेटले युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीलाई भने आश्चर्यमा पारेको छ।
उनले भनेका छन्, ‘संसारको सबै भन्दा धेरै ठुलो लोकतान्त्रिक देशको नेताले एक रक्तपातपूर्ण अपराध गर्नेसँग अङ्कमाल गर्नु साँच्चै दुःखद हो।’ मोदीले भने शान्ति स्थापनाका लागि रुस तयार भएको आशय व्यक्त गरेका छन्।

युक्रेनमा मारिएका बालबच्चाको बारेमा पनि उनी सचेत रहेको बताएका छन्। पश्चिमाहरू रुसलाई एक्लाउन सक्रिय रहेको समयमा मोदीले टर्की, चीन र अन्य देशसँग सम्बन्ध अघि बढाएका छन्। यस अवस्थामा मोदीको नाटो सम्मेलनमा उपस्थिति भनेको सो त्यहाँको रुसको सन्देश लैजाने भन्ने अर्थ पनि लाग्न सक्छ।

यो भेटले युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीलाई आश्चर्यमा पारेको छ। उनले भनेका छन्, ‘संसारको सबै भन्दा धेरै ठुलो लोकतान्त्रिक देशको नेताले एक रक्तपातपूर्ण अपराध गर्नेसँग अङ्कमाल गर्नु साँच्चै दुःखद हो।’

रुस र भारतको सम्बन्ध शीत युद्ध कालीन समयदेखि नै थियो। सोही समयमा चीन र पाकिस्तानसँग कटु सम्बन्ध रहेको भारतमा रुसले सैन्य हतियार पठाउने गरेको थियो। यी दुई देशको सम्बन्ध पहिलेदेखि नै मूल रूपमा र त्यसपछि विज्ञानको विषयमा गरिने सहकार्यमा आधारित थियो।

रुस र भारतको द्विपक्षीय व्यापारिक सम्झौता भएपछि यी दुई बिचको व्यापारको दायरा ६५ अर्ब अमेरिकी डलर समेत पुगेको थियो। गत वर्ष भारतले भने चार अर्ब अमेरिकी डलर मात्र निर्यात गरेको थियो।

यी दुई देशको बिचमा व्यापारमा केही असमानता भएका कारण सच्याउन मोदीले चासो दिएको मोदी निकटको मत छ। भारतमै केही रक्षा उपकरण उत्पादन गर्न रुसी लगानीका बारे पनि छलफल भएको छ।

पश्चिमाको विरुद्धमा गठबन्धन गर्ने नियतले नै पुटिनले चीनसँग रणनीतिक र व्यापारिक साझेदारी सुरु गरेका छन्। यी सबै घटना क्रमले चीन र भारत अब लामो समय कटुतापूर्ण सम्बन्ध नरहने सम्भावना  देखाएको छ।

पछिल्लो समय भारत र चीनको बिचमा कटु सम्बन्ध रहँदै आएको छ। अमेरिका र भारतले केही वर्षदेखि सहकार्य गर्दै आएका थिए। सो सहकार्यको अर्थ चीन र पाकिस्तानको प्रभाव भारतीय क्षेत्रमा कम गर्नका लागि पनि थियो। भारत जापान, अस्ट्रेलिया र अमेरिका सहितको क्वाडको सदस्य पनि भएको थियो। यस सदस्यताको अर्थ प्रस्ट थियो। एसिया प्रशान्त र दक्षिण एसियामा नै चिनियाँ प्रभाव भारतका लागि स्वीकार्य होइन।

पश्चिमाको विरुद्धमा गठबन्धन गर्ने नियतले नै पुटिनले चीनसँग रणनीतिक र व्यापारिक साझेदारी सुरु गरेका छन्। यी सबै घटना क्रमले चीन र भारत अब लामो समय कटुतापूर्ण सम्बन्ध नरहने सम्भावना  देखाएको छ।

सन् २०२० को जुनमा लद्याखको सिमानामा भएको झडपमा कम्तीमा २० भारतीय तथा चार जना चिनियाँको ज्यान गएको थियो। रुसका लागि पूर्व भारतीय राजदूत पङ्कज शरणका अनुसार अहिले भारतको नीति रुससँगको सम्बन्ध यथावत राख्ने भन्ने हो। भविष्यमा चीनसँग वैरभाव रोक्नका लागि त्यसले सहयोग गर्ने विश्वास उनीहरूको छ।

विगतमा रुसी हतियार खरिद गर्ने गरेको भारतले पछिल्लो समय अमेरिकन, फ्रेन्च र इजरायली हतियार खरिद गर्न थालेको थियो। यसलाई रुस युक्रेन युद्धको असरको रूपमा हेरिएको थियो।

विगतमा रुसी हतियार खरिद गर्ने गरेको भारतले पछिल्लो समय अमेरिकन, फ्रेन्च र इजरायली हतियार खरिद गर्न थालेको थियो। यसलाई रुस युक्रेन युद्धको असरको रूपमा हेरिएको थियो।

पूर्व राजदूत अनिल ट्रिगसनायटको मत भने फरक छ। धेरै जना भारतीय नागरिकलाई जागिर दिने झुटो बाचासहित मस्को लगिएको र सेनामा भर्ती गरिएको आरोप उनको छ।

अहिलेको रुस युक्रेन युद्धमा कम्तीमा चार भारतीयको ज्यान गइसकेको छ। दर्जनौँ अहिले पनि रुसका लागि लडिरहेका छन्। यो भ्रमणमा त्यहाँ लडिरहेका भारतीयलाई फिर्ता गराउने विषयमा पनि छलफल भएको छ।

अहिले भारत चीनसँगको समकक्षमा आफूलाई बलियो बनाउनका लागि अमेरिका र रुस दुवै देशसँग सम्बन्ध राम्रो राख्न चाहन्छ। त्यसका लागि भारतका सामु चुनौती पनि छन्। ट्रिगुनयटकै विचारमा भारत यी दुवै देशसँग सौहार्द पूर्ण सम्बन्ध राख्न चाहन्छ।

फेब्रुअरीमा प्रकाशित एक रिपोर्ट अनुसार १ हजार ५ सय जना नेपाली रुसी सेनामा आबद्ध भएर युद्ध लडिरहेका छन्। यी मध्येका केहीलाई युक्रेनले बन्दी बनाइ रहेको छ। नेपाल सरकारको दाबी भने दुई सयको छ। त्यहाँबाट फर्कने हरेक नेपालीको अनुभवमा युद्ध कहाली लाग्दो र भीषण छ।

अहिले भारत चीनसँगको समकक्षमा आफूलाई बलियो बनाउनका लागि अमेरिका र रुस दुवै देशसँग सम्बन्ध राम्रो राख्न चाहन्छ।

यसरी विदेशबाट जानेलाई छोटो समयको तालिम दिएर तत्काल युद्धमा पठाइने गरिएको छ। नेपाली तथा अन्य गैर रुसीलाई सकेसम्म यसको फ्रन्टलाइनमा नै काम लगाउने गरिएको छ।

यो समस्याबाट भारत भन्दा पनि नेपाल बढी पीडित छ। नेपालीलाई लन्चर, बम, मेसिन गन , ड्रोन र टयांकको तालिम दिइएको छ।

अफगानिस्तान, भारत, इजिप्ट तथा कङ्गो लगायत निम्न तथा मध्यम आय भएका देशका नागरिकलाई त्यहाँ सेनामा भर्ती गर्ने गरिएको छ। सेनाको तलब दुई हजार डलर रहेको छ।
युद्धमा सधैँ विदेशीलाई अग्र मोर्चामा राख्ने तथा रुसी नागरिकलाई पछि पार्ने नीति रुसले लिएको छ। प्राय नेपाली टुरिस्ट भिसामा त्यहाँ जाने गरेका छन्। त्यहाँ गएर उनीहरू सेनमा आबद्ध हुने गरेका हुन्। उनीहरूको तलब दुई हजार भए पनि फ्रन्ट लाइनमा भएका कारण बोनससहित चार हजार अमेरिकी डलरसम्म कमाइ हुने गरेको छ।

रुस र अमेरिका दुवैसँगको सन्तुलित सम्बन्ध भारतको चाहना हो।

मोदीकै भ्रमणको एउटा महत्त्वपूर्ण उपलब्धि भनेको रुसी सरकार त्यहाँ रहेका भारतीयलाई फिर्ता पठाउन मन्जुर हुनु हो। भारतका एक सय जना मात्र सेना रहेको बताइएको छ।

मोदीको रुस भ्रमण र नाटोमा उपस्थितिको केही अर्थ भने पक्कै छन्। रुसले युद्ध भूमिमा विदेशीलाई फ्रन्टलाइनमा उभ्याएर आफ्ना नागरिकलाई पछि राख्ने गरेको नेपालीबाट नै सार्वजनिक भएको छ। यो अन्य देशका सरकारका लागि समेत चासोको विषय हो।

रुस र अमेरिका दुवैसँगको सन्तुलित सम्बन्ध भारतको चाहना हो। रुसबाट धेरै कुरा आयात गरेको तथा कमै निर्यात गरेको विषयमा भारतको चासो गम्भीर छ।
स्रोतः बिबिसी, सिएनएन, इन्डीपेन्डेन्ट

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ५२ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा