एमालेको टिप्पणी – फाइल खोल्न प्रचण्ड र रविलाई कसैले रोकेको थिएन « Khabarhub

एमालेको टिप्पणी – फाइल खोल्न प्रचण्ड र रविलाई कसैले रोकेको थिएन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले कुनै पनि भ्रष्टाचारका फाइल खोल्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कसैले नरोकेको टिप्पणी गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेले अनावश्यक स्टन्ट गरिरहेको बताएका छन् ।

‘प्रचण्ड आफैँ १९ महिनादेखि सरकारमा हुनुहुन्छ । उहाँलाई कुनै पनि फाइल खोल्न कसैले रोकेको थिएन’, उनले भने, ‘रविजी (उपप्रधान तथा गृहमन्त्री) अघिल्लो पटक २ महिना र यो पटक ४ महिना सत्तामा बसिसक्नु भएको छ। उहाँलाई पनि हामी कसैले फाइल नखोल्नु भनेका थिएनौँ । हामी त कहिले फाइल खुल्छ भनेर कुरेर बसेका थियौँ ।’

ज्ञवालीले प्रचण्ड र रवि दुवैजना आफ्नो कार्यकालमा असफल भइसकेको टिप्पणी गरे । ‘उहाँहरू असफल भएपछि फाइल खोल्न दिएनन् भनेर गरिएको बहाना मात्रै हो यो’, उनले भने, ‘हामी त कुन दिन फाइल पल्टिन्छ भनेर टेलिभिजन खोलेर बसेका छौँ, टेलिभिजनमा हेरेका हेर्यै छौँ । त्यसैले असफल भइसकेपछि यो सबै स्टन्ट हो ।’

ज्ञवालीले जुनसुकै फाइल खुले पनि आफूहरूले कुनै अवरोध नगरेको दाबी पनि गरेका छन् । ‘हामीले उहाँहरूलाई कुनै पनि कुरामा रोकेका थिएनौँ’, उनले भने, ‘पब्लिक स्टन्टका लागि उहाँहरू हल्ला गरिरहनु भएको छ। खासमा उहाँहरू असफल भइसकेपछि आएका कुरा हुन् यी ।’

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : १८ बजे

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा