एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली | Khabarhub Khabarhub

एमालेलाई सत्तामा जानबाट रोक्न प्रचण्ड लागिपरेका छन् : ओली


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् ।

उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको धारणा राखे । भ्रष्टाचार, अस्थिरता लगायत स्वार्थप्रेरित काम पनि देखिएको उनले बताए । 

ओलीले संविधानलाई गतिशील बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससंग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे । उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँड हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागिता गराउने जिकिर गरे ।

ओलीले अव बन्ने सरकारले देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रीत गर्ने दावी गरे । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ३२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका