वर्षाका कारण बलम्बु फ्लाइओभर निर्माण रोकियो « Khabarhub

वर्षाका कारण बलम्बु फ्लाइओभर निर्माण रोकियो


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार वर्षाका कारण नागढुङ्गा सुरुङमार्ग अन्तर्गत फ्लाइओभर निर्माण रोकिएको छ ।

काठमाडौंको बलम्बुमा निर्माणधीन फ्लाइओभरमाथि गाडी गुड्ने ‘सुपरस्ट्रक्चर’ र बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने बिन्दु टुटीपाखा सम्मको पहुँच मार्गमा कालोपत्रे गर्ने काम रोकिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नविनमान श्रेष्ठले बताए ।

बलम्बुदेखि टुटीपाखासम्म साढे २ किलोमिटर लामो उक्त पहुँचमार्ग कालोपत्रेको काम यसअघि ५० प्रतिशत सम्पन्न भइसकेको थियो । त्यस्तै, गाडी गुड्ने सुपरस्ट्रक्चरको काम पनि ६० प्रतिशत पूरा भइसकेको थियो । तर, पछिल्ला दिनमा लगातार पानी परिरहेकाले फ्लाइओभरतर्फका काम अवरुद्ध हुन पुगेको श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘वर्षाका कारण फ्लाइओभरको काम बन्द भएको छ । कङ्क्रिट लगायतका काम गर्न सकिएको छैन । त्यस्तै, पहुँचमार्गमा कालोपत्रे गर्ने काम पनि वर्षाका कारण अघि बढ्न नसकेको छैन ।’

फ्लाइओभरतर्फ २ लेनमा पहुँचमार्ग निर्माण गरी कालोपत्रे गर्ने काम अघि बढाइएको थियो । यता, मूख्य सुरुङमार्ग तर्फ भने काम भइरहेको आयोजनाले जनाएको छ ।

सुरुङतर्फका सबै काम एक वर्षमा सकिने र कुनै समस्या नआए डेढ वर्षभित्र सुरुङमार्गबाटै गाडी गुड्ने गरी काम अघि बढाएको श्रेष्ठले बताए । सुरुङमार्गतर्फ सञ्चालनका लागि टोलबुथ, भेन्टिलेसन र लाइटिङलगायतका काम भइरहेको छन् ।

हालसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भइसकेको छ । मुख्य सुरुङमार्ग यसअघि नै छिचोलिसकिएको छ । सुरुङभित्र कमजोर प्रकृतिको माटो र चट्टान भएका ४ ठाउँमा ‘कन्भर्जेन्स’हरू बढाउने काम भइरहेको छ ।

४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१९ देखि निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि २२ अर्ब रुपैयाा लाग्ने अनुमान छ । जम्मा खर्चमध्ये १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट र बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको लगानी छ ।

कोरोना महामारीका कारण एक वर्ष म्याद थप भएको आयोजनाको सन् २०२४ अप्रिलसम्म आयोजना सकिनुपर्ने थियो । तर, त्यो समयसीमाभित्र आयोजना सम्पन्न हुन नसकेको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ५० बजे

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार

चीनको घट्दो जन्मदरको चुनौती

एजेन्सी– प्राचीन कालदेखि आजसम्म ठूलो जनसङ्ख्या चीनका लागि राष्ट्रिय शक्ति

दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा छाडिदियो प्रहरीले

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म संस्कृति बचाउ अभियानका

रौतहट–४ बाट माधव नेपालको उम्मेदवारी

रौतहट– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  रौतहट

सानो पाइला सहकारीको बचत ठगी : रविसँग अदालतले माग्यो एक करोड धरौटी

काठमाडौं- पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक