सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित « Khabarhub

सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित गरेको छ । 

शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला गर्ने घोषणा गरिएको कम्पनीको आईपीओ कम्पनीको आर्थिक अवस्थासम्बन्धी विवरणहरूमा विवाद भएपछि स्थगित गरिएको हो ।

सेबोनका प्रवक्ता डा. नवराज अधिकारीले कम्पनीको आईपीओ अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय बोर्डले गरेको बताए । ‘कम्पनीको आर्थिक विवरणसँग सम्बन्धित विषयहरू विवादित बनेपछि र केही सरोकारवालाहरूले बोर्डमा निवेदन दिएपछि अर्को निर्णय नभएसम्म सो कम्पनीको आईपीओ निष्कासन गर्ने विषय स्थगित भएको छ’, प्रवक्ता डा. अधिकारीले भने ।

साथै संसद्को सार्वजनिक लेखा समितिले माग गरेको ५ वटा विषयको जवाफ दिने बोर्डले गरेको उनले बताए ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलायन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डबाट आईपीओ जारी गर्नका लागि स्वीकृति लिने क्रममा पेश गरेको विवरण र तेस्रो त्रैमासिक विवरणको रुपमा सार्वजनिक गरेको वित्तीय विवरणमा नेटवर्थ आम्दानी, प्रतिशेयर आम्दानी, नाफा प्रक्षेपण लगायतका विषयहरू अस्वभाविक देखिएपछि रिलायन्सको आइपीओको विषय विवादित बन्न पुगेको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ३३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्