सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित « Khabarhub

सेबोनद्वारा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चित कालको लागि स्थगित


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित गरेको छ । 

शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला गर्ने घोषणा गरिएको कम्पनीको आईपीओ कम्पनीको आर्थिक अवस्थासम्बन्धी विवरणहरूमा विवाद भएपछि स्थगित गरिएको हो ।

सेबोनका प्रवक्ता डा. नवराज अधिकारीले कम्पनीको आईपीओ अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय बोर्डले गरेको बताए । ‘कम्पनीको आर्थिक विवरणसँग सम्बन्धित विषयहरू विवादित बनेपछि र केही सरोकारवालाहरूले बोर्डमा निवेदन दिएपछि अर्को निर्णय नभएसम्म सो कम्पनीको आईपीओ निष्कासन गर्ने विषय स्थगित भएको छ’, प्रवक्ता डा. अधिकारीले भने ।

साथै संसद्को सार्वजनिक लेखा समितिले माग गरेको ५ वटा विषयको जवाफ दिने बोर्डले गरेको उनले बताए ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलायन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डबाट आईपीओ जारी गर्नका लागि स्वीकृति लिने क्रममा पेश गरेको विवरण र तेस्रो त्रैमासिक विवरणको रुपमा सार्वजनिक गरेको वित्तीय विवरणमा नेटवर्थ आम्दानी, प्रतिशेयर आम्दानी, नाफा प्रक्षेपण लगायतका विषयहरू अस्वभाविक देखिएपछि रिलायन्सको आइपीओको विषय विवादित बन्न पुगेको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ३३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान