रविमाथि खनिए मुकुल : राहदानी दुरुपयोग र सहकारी ठगीमा छानबिन थाल्न माग « Khabarhub

रविमाथि खनिए मुकुल : राहदानी दुरुपयोग र सहकारी ठगीमा छानबिन थाल्न माग


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले रविका कारण पार्टी गम्भीर संकटतिर गएको भन्दै यी दुई प्रकरणमा उनीमाथि छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

ढकालले केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीले सहकारी प्रकरणमा रविविरुद्ध छानबिन अघि बढाउन भनिसकेको उल्लेख गरे । सर्वोच्चले नैतिकताका आधारमा रविले स्वार्थ बाझिने गृहमन्त्रालयबाट मार्ग प्रशस्त गर्नुपर्ने भने पनि पदमै बसिरहेको भन्दै कडा आलोचना गरे ।

‘रविबारे सहकारी ठगी प्रकरणमा पार्टीले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्छ । रविको क्लबले यो काम गर्दैन, रास्वपाले छानबिन थाल्नुपर्छ’, उनले भने, ‘राहदानी दुरुपयोग प्रकरणमा उनीमाथि फेरि छानबिन हुनुपर्छ । राहदानीमा दोषी देखिएमा उहाँले जीवनभर चुनाव लड्न पाउनु हुन्न ।’

ढकालले रविको प्रकरण पार्टी जीवनसँग जोडिएकाले राहदानी दुरुपयोगबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने दोहोर्‍याए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ४२ बजे

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा